सरकारले संसद्लाई बिजनेस दिन सकेन : रवि लामिछाने « Khabarhub

सरकारले संसद्लाई बिजनेस दिन सकेन : रवि लामिछाने


१३ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

भरतपुर– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारले संसद्लाई पर्याप्त ‘बिजनेस’ दिन नसकेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसित कुरा गर्दै उनले धेरै कानुन निर्माण गर्नुपर्ने संसद्ले पर्याप्त बिजनेस नपाएको गुनासो गरे । 

सभापति लामिछानेले भने, ‘भ्रष्टाचारका मामलामा सरकारले केही गर्न खोजेको हो कि जस्तो देखिएको छ । केही राम्रा संकेत पनि देखिएका छन् । तर ति पर्याप्त छैनन् ।’ सरकारको मूल्यांकन गर्ने धेरै आधार हुने उल्लेख गर्दै उनले सुशासनका लागि चाल्न खोजेका कदम सकारात्मक भएको बताए । 

सुनकाण्डमा सरकारले चित्तबुझ्दो काम गर्न नसकेको उल्लेख गर्दै सभापति लामिछानेले भरिया समाउने र मालिक उम्काउने खेल हुनसक्ने भन्दै सबैलाई सचेत हुन आग्रह गरे। ‘गलत कुरालाई पार्टीभित्र प्रवेश गर्न दिँदैनौँ’, उनले भने। पार्टीमा धेरै थरीका व्यक्तिको प्रवेश भएको जिकिर गर्दै सभापति लामिछानेले गलत गर्ने जो कोहीलाई पनि कारबाही गरिने बताए ।  

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  २ : ४४ बजे

विश्वकप : अमेरिका र बेल्जियमको खेलको टिकटदर ३० प्रतिशत घट्यो

काठमाडौँ – सन् २०२६ विश्वकप फुटबल अन्तर्गत सोमबार अमेरिका र

इरानी नेता खामेनीको अन्त्येष्टिमा जनसागर

तेहरान – अमेरिकी र इजरायली संयुक्त हवाई आक्रमणमा मारिएका इरानका

हात्ती धपाउन खोज्दा घरमा आगलागी : आमा छोराको मृत्यु

चितवन – चितवनमा जंगली हात्तीको आक्रमण र आगलागीबाट आमा–छोराको मृत्यु

सर्लाहीमा अत्यधिक गर्मीले सर्पको बिगबिगी

सर्लाही– सर्लाहीमा अत्यधिक गर्मी बढेपछि सर्पको बिगबिगी भएको छ ।

बेलायतको क्याम्ब्रिजमा नेपाली काव्य यात्रा सम्पन्न

लन्डन– बेलायतको क्याम्ब्रिज सहरमा नेपाली काव्य यात्रा सम्पन्न भएको छ