भारतमा धार्मिक प्रदर्शनका क्रममा करेन्ट लागेर चार जनाको मृत्यु « Khabarhub

भारतमा धार्मिक प्रदर्शनका क्रममा करेन्ट लागेर चार जनाको मृत्यु


१३ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – भारतमा मुस्लिम धर्मावलम्बीको एक धार्मिक प्रदर्शनका क्रममा करेन्ट लागेर चार जनाको मृत्यु भएको छ । शनिबार प्रदर्शनकाक्रममा अत्यधिक भोल्टेजको तारमा छोइँँदा चार जनाको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएका प्रहरीले जनाएको छ ।

इस्लामी क्यालेन्डर अनुसार अहिले मुहर्रम महिनामा पर्छ । यो संसारभरका शियाहरूको लागि सबैभन्दा पवित्र समय हो । मुहर्रममा सातौं शताब्दीमा पैगम्बर मुहम्मदका नाति हुसेनको शहादतको प्रतीकको रूपमा ठूलो आशुरा जुलुस निस्कन्छ ।

बोकारो जिल्लाका प्रहरी सुपरिटेन्डेन्ट प्रियदर्शी आलोकले बताएअनुसार पूर्वी राज्य झारखण्डमा केही भक्तजनले बोकेको धातुको खम्बामाथिको केबलमा ठोक्किँदा एक जुलुसका सदस्यको मृत्यु भएको हो ।

“उक्त घटनामा चार जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्,” उनले भने ।

भारतमा गर्मी याममा पानी जमेर करेन्ट लाग्ने र यसका कारण धेरैले अकालमा ज्यान गुमाउने गरेका छन् । भारतमा हरेक वर्ष करेन्ट लागेर करिब ११ हजार मानिसको मृत्यु हुने गरेको सरकारी तथ्याङ्कले देखाएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  ९ : ५० बजे

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

बाँके– नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

तनहुँ– तनहुँमा वनलाई नै आर्थिक गतिविधिको आधारका रुपमा अगाडि बढाइएको

एमाले बैठकमा ओलीको अनौठो ‘रूप’ : नेता भन्छन्, ‘इतिहासमै यस्तो देखिएको थिएन’

काठमाडौँ – छ महिनापछि सुरु भएको नेकपा एमाले केन्द्रीय कमिटी

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

परराष्ट्रमन्त्री खनाल र भुटानका प्रधानमन्त्री छिरिङबीच भेटवार्ता: जलवायु परिवर्तनविरुद्ध सहकार्य गर्ने सहमति

न्युयोर्क – संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा अमेरिकाको