बागमतीमा 'लम्पी स्किन’ बाट एक लाख बढी पशु सङ्क्रमित | Khabarhub Khabarhub

बागमतीमा ‘लम्पी स्किन’ बाट एक लाख बढी पशु सङ्क्रमित


१४ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

हेटौँडा– बागमती प्रदेशमा ‘लम्पी स्किन’ रोगबाट एक लाख बढी पशुचौपाया सङ्क्रमित भएका छन् । लम्पी स्किनको सङ्क्रमणका कारण चार हजार छ सय १८ पशु मरेका प्रदेशस्थित पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार आठ महिनामा १३ जिल्लाका एक लाख ५३ हजार नौ सय पाँच पशु सङ्क्रमित भएका छन् ।

निर्देशनालयका अधिकृत डा सविना मिश्रले गत पुसदेखि यही साउन ८ सम्म प्रदेशमा एक लाख ५३ हजार पशुचौपाया सङ्क्रमित भएका जानकारी दिइन् । उनका अनुसार सबैभन्दा बढी काभ्रेपलाञ्चोकमा छ सय ८१ र सबैभन्दा कम ललितपुरमा ८९ पशु मरेका छन् । 

सिन्धुलीमा छ सय ५०, धादिङमा पाँच सय १३, मकवानपुरमा चार सय ४६, नुवाकोटमा चार सय ११, सिन्धुपाल्चोकमा तीन सय ६०, काठमाडौँमा तीन सय ५७, भक्तपुरमा दुई सय ९३, चितवनमा दुई सय ४२, रामेछापमा दुई सय २९, दोलखामा एक सय ७४ र रसुवामा एक सय ७३ पशुचौपायाको मृत्यु भएको डा मिश्रले जानकारी दिइन् ।

सबैभन्दा बढी काभ्रेपलाञ्चोकमा तीस हजार सात सय १४ पशुमा सङ्क्रमण पुष्टि भएको निर्देशनालय कार्यालयले जनाएको छ । कार्यालयको तथ्यांक अनुसार सिन्धुलीमा २४ हजार ९०, धादिङमा १६ हजार चार सय ८८, नुवाकोटमा १४ हजार ५९, रामेछापमा १४ हजार तीन सय ९१, मकवानपुरमा १० हजार ९९, सिन्धुपाल्चोक १० हजार एक सय ४८, चितवनमा १० हजार ४४, दोलाखामा सात हजार चार सय ५६, भक्तपुरमा छ हजार चार सय १३, काठमाडौँमा पाँच हजार ३७, रसुवामा एक हजार आठ सय सात र ललितपुरमा एक हजार चार सय ३१ पशुचौपाया लम्पी स्किन रोगबाट सङ्क्रमित भएका छन् ।

सङ्क्रमित हुनेमा गाई एक लाख ४२ हजार सात सय २८, गोरु सात हजार चार सय ९५, भैँसी एक हजार आठ सय ६९ र बाच्छाबाच्छी एक हजार आठ सय १३ रहेका निर्देशनालयका अधिकृत डा मिश्रले जानकारी दिइन्। उनका अनुसार गाई सबैभन्दा बढी सङ्क्रमित भएका हुन् । 

प्रदेशमा पहिलो पटक विसं २०७९ पुसमा मकवानपुरगढी गाउँपालिकाको वडा नं २, ३, ४ र ६ मा लम्पी स्किनको सङ्क्रमण देखा परेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मकवानपुरका प्रमुख डा बज्रकिशोर ठाकुरले जानकारी दिए। उनका अनुसार माघमा सिन्धुली, चैतमा दोलखा, काभ्रेपलाञ्चोक, नुवाकोट र वैशाखमा काठमाडौँ, भक्तपुर, ललितपुर, धादिङ, रामेछाप, चितवन, रसुवा र सिन्धुपाल्चोकमा देखा परेको थियो ।

प्रदेशमा पशु चौपायामा तीव्र गतिमा लम्पी स्क्रिन रोग फैलिँदै गएपछि सङ्क्रमणविरुद्धको भ्याक्सिन लगाउने कामलाई तीव्रता दिइएको केन्द्रका प्रमुख ठाकुरले बताए । रोग नियन्त्रणका लागि प्रदेशभरिका एक लाख १७ हजार नौ सय पाँच पशुलाई भ्याक्सिन लगाइसकिएको उनले जानकारी दिए। उनको अनुसार एक लाख १५ हजार छ सय ९७ गाई र पाँच हजार एक सय आठ भैँसीलाई भ्याक्सिन लगाइएको छ ।

लम्पी स्किन रोगको सङ्क्रमण हुँदा गाईभैँसीमा अत्यधिक ज्वरो आउने, झोक्राउने, दानापानी नखाने, दुहुना गाईभैँसी भए दूध घट्ने, शरीरका विभिन्न भागमा गिर्खा आउने तथा पछि गिर्खा फुटेर अल्सर हुने, आँखामा कचेरा लाग्ने, नाकबाट सिगान बग्ने, निमोनिया हुने, थुनेलो हुनेलगायत लक्षण देखिने प्रदेशस्थित भेटेरिनरी अस्पतालले जनाएको छ । 

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार  ३ : ४५ बजे

प्रतिपक्षीको विरोधपछि मधेस प्रदेशसभा अवरुद्ध

जनकपुर– मधेस प्रदेशसभाको आजको बैठक प्रतिपक्षी दलको विरोधका कारण अवरुद्ध

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान