काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहबीच पाँच घण्टा लामो भेटवार्ता भएको छ ।
सभापति लामिछानेको बुढानीलकण्ठस्थित निवासमा आज भएको भेटमा प्रधानमन्त्री शाहको हालै सम्पन्न भारत भ्रमण, त्यसबाट प्राप्त उपलब्धि, आगामी निर्वाचनको तयारी र सरकारका कामकारबाहीबारे छलफल भएको हो ।
रास्वपाका अनुसार भेटमा प्रधानमन्त्री शाहले आफ्नो भारत भ्रमण र त्यस क्रममा भएका छलफल तथा उपलब्धिबारे सभापति लामिछानेलाई जानकारी गराएका थिए ।
त्यस्तै, आगामी निर्वाचन र त्यसको तयारी, पार्टीले सञ्चालन गर्न लागेको प्रशिक्षण अभियान तथा मन्त्री र मन्त्रालयहरूको कार्यसम्पादनका विषयमा पनि दुई नेताबीच कुराकानी भएको छ ।
भेटमा सरकारले ल्याउन लागेको अध्यादेश र आगामी संसद् अधिवेशनका विषयमा समेत छलफल भएको रास्वपाले जनाएको छ ।
पार्टीले भेटवार्तालाई आत्मीय र सौहार्द्रपूर्ण भनेको छ ।














प्रतिक्रिया