जम्मु कश्मीरमा चेनब पुल बनेसँगै भारतीय सेनाको रक्षा क्षमता बढ्ने | Khabarhub Khabarhub

जम्मु कश्मीरमा चेनब पुल बनेसँगै भारतीय सेनाको रक्षा क्षमता बढ्ने


१४ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

श्रीनगर- भारतको जम्मु कश्मीरमा विश्वकै सबैभन्दा अग्लो स्थानमा निर्मित रेलवे पुल सञ्चालनमा आउने भएको छ ।

चेनब नदीमाथि निर्मित उक्त पुल विगत १५ वर्षयता निर्माणको चरणमा रहेको छ । यस पुल सञ्चालनमा आएसँगै बारम्बार अस्थीर रहँदै आएको कश्मीर क्षेत्रमा भारतीय सेनाको रक्षा क्षमतामा वृद्धि हुने अपेक्षा गरिएको छ ।

जम्मु कश्मीरको रेयासी जिल्लामा निर्मित यो पुलले बक्कल र कौरीलाई जोड्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यस पुलको उद्घाटन आगामी डिसेम्बर वा जनवरीमा गरिसक्ने भारतीय रेल मन्त्रालयको लक्ष्य छ ।

यो पुलको उचाई १ हजार १ सय ७८ फिट रहेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । यो फ्रान्सको राजधानी पेरिसमा रहेको आइफेल टावरभन्दा २९ मिटर अग्लो हो ।

२५ हजार करोड भारतीय रुपैयाँको लगानीमा निर्मित उधमपुर, श्रीनगर, बरामुल्ला रेल लिंक परियोजनामा यो पुल समावेश रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

यो पुलको सबै आवश्यक परीक्षण भइसकेको बताइएको छ । यस पुल सञ्चालनमा आएसँगै बन्दोबस्तीको सामान ढुवानी गर्न सेनाका लागि समयको बचत हुने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

जम्मुबाट श्रीनगरसम्म सैनिक बोकेको सवारीलाई १२ घण्टा र बन्दोबस्तीका सामान बोकेको सवारीलाई १६ घण्टा लाग्ने गरेकोमा यो पुल सञ्चालनमा आए तीन घण्टामात्र लाग्ने भारतीय सेनामा बन्दोबस्ती प्रमुखका रुपमा काम गरिसकेका पूर्वमेजर जनरल अमृत पालले जनाएका छन् ।

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार  १ : ५४ बजे

मधेश प्रदेश सरकारद्वारा चालु आवमा ७१ प्रतिशतभन्दा बढी रकम खर्च

जनकपुरधाम – मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको

सभामुखले भने : लोकतन्त्रको विकल्प छैन

भक्तपुर – सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं