यी प्रक्रिया पुर्‍याउँदा पाइन्छ इटालीको पीआर | Khabarhub Khabarhub

यी प्रक्रिया पुर्‍याउँदा पाइन्छ इटालीको पीआर


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

युरोपेली मुलुक इटालीमा हरेक वर्ष दशौं लाखको सङ्ख्यामा मानिसहरु जाने गरेका छन् । भ्रमण अध्ययन र रोजगारीका लागि हजारौं नेपालीहरु पनि  इटाली जाने गर्छन् ।

इटालीमा गई बसोबास गर्ने चाहना पनि धेरैलाई हुनसक्छ । यदी त्यहाँ बसोबास गर्न चाहनेलाई इटालीले स्थायी बसोबास अनुमतिपत्र पीआरको व्यवस्था गरेको छ । इटालीको पीआरका लागि हरेक वर्ष ठूलो सङ्ख्यामा मानिसहरुले आवेदन पनि दिने गरेका छन् ।

कसले पाउँछन् इटालीको पीआर ?

इटालीले दुई वर्गीकरणमा पीआरको व्यवस्था गरेको छ । युरोपेली युनियनका सदस्य मुलुक तथा अन्य युरोपेली मुलुकका नागरिकलाई दिइने पीआर र युरोप बाहिरका मानिसहरुलाई दिइने पीआरको किसिम पनि फरक छ ।

नेपालजस्ता गैर युरोपेली मुलुकका नागरिकले प्राप्त गर्ने पीआर पाउन अन्य युरोपेली मुलुकका नागरिकले भन्दा केही बढी प्रक्रिया पुर्‍याउनुपर्छ ।

त्यस्तै, इटालीले आर्थिक समस्याका कारण मुलुक छाडेर इटाली पुगेका आप्रवासीलाई पीआर दिँदैन ।

इटालीको पीआरका लागि निम्न योग्यता पुगेको हुनुपर्छ

– इटालीमा कम्तीमा ५ वर्ष बसोबास गरेको हुनुपर्छ । यसका लागि पीआर आवेदकले आफू इटालीमा आउँदा प्राप्त गरेको अस्थायी बसोबास अनुमतिपत्र पेश गर्नुपर्छ ।

– कानूनी प्रक्रिया पूरा गरी इटाली आएको निश्चित गर्नुपर्छ । यसका लागि आफू इटाली आउँदा विमानस्थलको प्रहरी कार्यालयले जारी गरेको दर्ता प्रमाणपत्र पेश गर्नुपर्छ ।

– पीआरका आवेदन दिने बेला इटालीमा बसोबास गरेको प्रमाण पेश गर्नुपर्छ । यसका लागि वैध अस्थायी ठेगाना वा भाडामा बस्दा गरेको सम्झौता पेश गर्नुपर्छ ।

– इटालीमा आफ्नै कमाईमा स्वाबलम्बी रहेर बसोबास गरेको हुनुपर्छ । यसका लागि पीआरको आवेदन दिँदा आफ्नो तलब, कर, रोजगारदाताको सम्झौताको विवरण पेश गर्नुपर्छ ।

– इटालीमा बसोबास गरिरहेको गरेर पीआरका लागि आवेदन दिने आवेदक विगतमा कुनै आपराधिक वा गैरकानूनी कार्यमा संलग्न हुनुहुन्न । त्यस्तै, आवेदकले सार्वजनिक तथा राष्ट्रिय सुरक्षामा खतरा नपुर्‍याउने भनी स्थानीय प्रशासनले प्रदान गर्ने प्रमाणपत्र पेश गर्नुपर्छ ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  १० : २४ बजे

सप्तरीमा डाका समूहद्वारा लुटपाटसँगै एकको हत्या

राजविराज–  डाकाको एक समूहले  सुरुङगा नगरपालिका– ८ को एक घरमा

सुनिताको स्वदेश मोह : कोरियाको कमाइ, दुर्गम गाउँमा व्यवसाय 

सुविधाले भरिएको शहरको बसाइ । दुई लाख बढीको मासिक आम्दानी

चालु आर्थिक वर्षमा पाँच करोड राजस्व संकलन

इनरुवा– सशस्त्र प्रहरी बल ४ नम्बर गणले चालु आर्थिक वर्षमा

भिजाएर वा अंकुरित, कालो चना यसरी खानुहोस् 

काठमाडौं– जब स्वस्थ आहारको कुरा आउँछ, त्यहाँ केही स्वदेशी सुपरफूडहरू

सप्तकोशीमा बेपत्ता एक सुरक्षाकर्मीको शव भेटियो

इटहरी – विपद् उद्धार अभ्यासका क्रममा बिहीबार सप्तकोशीमा बेपत्ता भएका