डा. गोविन्द केसीद्वारा पुन: सत्याग्रह थाल्ने चेतावनी   « Khabarhub

डा. गोविन्द केसीद्वारा पुन: सत्याग्रह थाल्ने चेतावनी  


१५ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. गोविन्द केसीले स्वास्थ्य र मेडिकल शिक्षामा सुधारका लागि भएको सम्झौता कार्यान्वयन नभएको भन्दै सत्याग्रह सुरु गर्ने चेतावनी दिएका छन् । 

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै केसीले सिटिइभिटीको सिट निर्धारण र विद्यार्थी भर्नासम्बन्धी अवैध निर्णय खारेज गर्न र दोषी पदाधिकारीलाई बर्खास्त गर्न तथा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष नियुक्तिका लागि एक हप्ताभित्र सिफारिस समिति नबनाए साउन २९ गतेदेखि सत्याग्रह सुरु गर्ने चेतावनी दिएका छन् । साथै उनले सरकारी स्वास्थ्य संस्थाहरूबाट निशुल्क औषधि तथा उपचार प्रदान गर्नु पर्ने कानुनी प्रावधान कडाइका साथ लागू गर्ने लगायत २०७९ असोज आठ गते तथा विगतमा भएका सम्झौताहरू कार्यान्वयन गर्न माग गरेका छन् ।

स्वास्थ्य शिक्षाका विभिन्न विषयहरूमा सिटिइभीटीमा भर्ती भएका पार्टी कार्यकर्ता तथा माफियाहरूले अवैध रुपमा अघि बढाएको सिट निर्धारण र भर्ना प्रक्रिया रोक्न शिक्षा मन्त्रीले केही नसकेको उनको भनाइ छ । पछिल्लो समय चिकित्सा क्षेत्रको मुख्य नियामक निकाय चिकित्सा शिक्षा आयोगलाई निस्तेज पार्ने र चिकित्सा शिक्षा ऐनका प्रावधानहरू उल्ट्याउने संगठित प्रयास भएको उनले आरोप लगाए । 

डा केसीले एकीकृत स्वास्थ्य शिक्षा (विज्ञान) प्रतिष्ठान र पदाधिकारी नियुक्तिको मापदण्डसम्बन्धी कानुन बनाउने, चिकित्सा शिक्षालाई नाफारहित बनाउने र स्वार्थको द्वन्द्व रोक्न कानूनी व्यवस्था गर्ने, सरकारी अस्पतालहरूमा विद्यमान शैया अनुरूप स्थायी दरबन्दीको व्यवस्था गर्नुपर्ने लगायतमा माग गरेका छन् ।

 

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार  ३ : १० बजे

भेनेजुएलामा भूकम्पका कारण ५८ हजार भन्दा बढी भवनहरू क्षतिग्रस्त

एजेन्सी– अमेरिकी अन्तरिक्ष एजेन्सी नासा द्वारा प्रकाशित उपग्रह तथ्यांको प्रारम्भिक

विद्युत् प्रवाहमा अवरोध हटाउन जनशक्तिको व्यवस्था

काठमाडौं- सरकारले विद्युत् प्रवाहमा सन्तुलन, वितरण सञ्जाल सुदृढीकरण तथा आवश्यक

सिलिचोङमा पहिरो : विस्थापितको सङ्ख्या २८, विद्युत सेवा अवरुद्ध

किमाथाङ्का (सङ्खुवासभा)– सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ मा अविरल वर्षापछि आएको पहिरोबाट

लागूऔषधसहित पाँच जना पक्राउ

विराटनगर- कोशी प्रदेश प्रहरीले लागूऔषधविरुद्धको महाअभियानअन्तर्गत आज पाँच जनालाई पक्राउ

निजी क्षेत्रले डेढ वर्षमै बनायो प्रसारण लाइन

काठमाडौं– नेपालमा पहिलो पटक निजी क्षेत्रले उच्च क्षमताको २२० केभी प्रसारण