सार्वजनिक निकायको खरिद वातावरण प्रतिस्पर्धी बन्न आवश्यक « Khabarhub

सार्वजनिक निकायको खरिद वातावरण प्रतिस्पर्धी बन्न आवश्यक


१५ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सार्वजनिक निकायको खरिद वातावरण प्रतिस्पर्धी र पदाधिकारीमा खरिद तत्परता भए नभएका विषयमा सार्वजनिक खरिद अनुगमन कार्यालयले सघन अनुगमन गर्ने भएको छ । 

सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव डा दामोदर रेग्मीले खरिद वातावरण प्रतिस्पर्धी र पदाधिकारीमा खरिद तत्परता नभएकोलगायतका पक्षमा ध्यान दिन सार्वजनिक निकायको ध्यानाकर्षण गर्ने जानकारी दिए। उनले भने, ‘सार्वजनिक खरिदसम्बन्धी कानुनी व्यवस्था हुँदाहुँदै सार्वजनिक निकायको खरिद वातावरण प्रतिस्पर्धी र पदाधिकारीमा खरिद तत्परता नभएका कारणले पूँजीगत खर्चको प्रभावकारिता हुन सकेको छैन ।’

कार्यालयले सबै सार्वजनिक निकायको खरिद योजना, खरिद विधि र समयमै खरिद कार्य अघि बढाउन सार्वजनिक निकायले अपनाएका तत्परता योजनाका बारेमा खरिद इकाई प्रमुख र योजना शाखा प्रमुखसँग नियमित अन्तरक्रिया गर्ने उनले बताए । खरिद कानुनलाई समसामयिक बनाउन तयार गरिएको खरिद कानुनको मस्यौदामा छिटै सरोकारवालासँग छलफल गरी अन्तिम रूप दिइने सचिव डा रेग्मीले जानकारी दिए ।

सार्वजनिक खरिद महत्वपूर्ण विधा भएकाले यसको सशक्तीकरण गर्दै संस्थागत साख अभिवृद्धिमा ध्यान दिनुपर्ने देखिएको उनको भनाइ छ । यसैबीच कार्यालयले निर्माण व्यवसायीको मागका सम्बन्धमा हरेक विषयलाई छलफल गरी कानुनसम्मतरुपमा समाधान खोजिने सचिव रेग्मीले बताएका छन् ।

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार  ३ : ४१ बजे

निर्वाचनका सात दिन बाँकीः कर्णालीमा तीन सय ५९ वटा मतदानस्थल अति संवेदनशील

सुर्खेत- यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुरक्षाका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल फागुन १४ गते बिहीबार फागुन

आज २०८२ साल फागुन १४ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन १४ गते बिहीबार फागुन

टी–२० विश्वकप : न्युजिल्यान्डको फराकिलो जित, श्रीलंका बाहिरियो

कोलोम्बो – घरेलु मैदानको साथ र समर्थकको उत्साह हुँदाहुँदै पनि