नेदरल्यान्ड पठाइदिन्छु भनी रकम ठगी गर्ने एक जना पक्राउ  « Khabarhub

नेदरल्यान्ड पठाइदिन्छु भनी रकम ठगी गर्ने एक जना पक्राउ 


१५ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वैदेशिक रोजगारीको लागी नेदरल्यान्ड पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

महोत्तरीको जलेश्वर नगरपालिका वडा नं. १३ स्थाई घर भई हाल काठमाडौँ महानगरपालिका वडा नं. ३१ शान्तिनगर बस्ने ३७ वर्षीय  कपिल बर्मालाई प्रहरीले पक्राउ गरेको हो । 

बर्माले विक्रम कार्की समेत ६ जनालाई वैदेशिक रोजगारीको लागि नेदरल्यान्ड पठाइदिन्छु  पीडितहरूबाट पटकपटक गरी जम्मा चवालीस लाख पचास हजार रुपैयाँ रकम लिई सम्पर्क विहीन भएका थिए ।

 बर्माको खोजतलास गर्ने क्रममा सोमबार काठमाडौँको मण्डिखाटारबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार  ५ : ३८ बजे

छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प

हुम्ला – कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका–२ रिप नजिकैको छारेभिरमा पहिरो

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

इन्द्रजात्राका लागि भक्तपुरमा लाखेनाच सुरु

भक्तपुर – इन्द्रजात्राका लागि आजदेखि भक्तपुरमा लाखेनाच सुरु भएको छ

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल असोज ४ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज ४ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ४ गते आइतबार सन् २०२६