रहस्यमय चिनियाँ राजनीति : पदमुक्त विदेशमन्त्री छिन काङ कहाँ छन् ? « Khabarhub

रहस्यमय चिनियाँ राजनीति : पदमुक्त विदेशमन्त्री छिन काङ कहाँ छन् ?


१५ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

चिनियाँ राजनीतिको स्वभाव नै जटिल र रहस्यमय छ । चिनियाँ राजनीतिमा कहिले, कुन बेला के हुन्छ, धेरैका लागि अनुमान गर्न कठिन हुन्छ । हालै पदमुक्त गरिएका चिनियाँ विदेशमन्त्री छिन काङ एक महिनाभन्दा लामो समयदेखि बेपत्ता छन् । उनी कहाँ, के गर्दैछन्, यसबारे केही सार्वजनिक भएको छैन ।

गत जुन महिनाको मध्यतिर चीन भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्रीसँग छिनले राजधानी बेइजिङमा उच्चस्तरीय वार्ता गरेका थिए । हाल छिनको स्थानमा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रिय समितिअन्तर्गत विदेश मामिला आयोगका निर्देशक वाङ यीलाई नयाँ विदेशमन्त्रीको जिम्मेवारी दिइएको छ ।

राष्ट्रपति सी जिन्पिङको नजिकका साझेदार ठानिने छिन चिनियाँ विदेश मामिलासम्बन्धी वृत्तमा पनि परिचित थिए । यसअघि उनी अमेरिकाका लागि चिनियाँ राजदूतको भूमिकामा रहेका थिए । अरु धेरै अनुभवी उम्मेदवार हुँदाहुँदै पनि गत वर्ष उनले विदेशमन्त्रीको जिम्मेवारी सम्हाल्दा धेरैलाई आश्चर्य लागेको थियो । राष्ट्रपति सीनिकट भएकाले उनलाई विदेशमन्त्रीको जिम्मेवारी दिएको पनि धेरैको ठम्याइ थियो ।

यति हुँदाहुँदै एक जना लोकप्रिय टेलिभिजन प्रस्तोतासँग छिन प्रेम सम्बन्धमा रहेको नयाँ हल्ला फैलियो । यसपछि एक्कासी ती प्रस्तोता सामाजिक सञ्जालबाट गायब भइन् । यसले हल्लालाई थप बल पुर्‍यायो । यदी उनीहरुबीच प्रेम सम्बन्ध रहेको भएपनि यसलाई कुनै पनि अर्थमा गैरकानूनी भन्न मिल्दैन, तर कठोर अनुशासनका लागि चिनिने चिनियाँ कम्युनिष्ट पार्टीका लागि भने यो छिनको अनैतिक गल्ती हुन पुग्यो ।

उच्च तहमा रहेका  चिनियाँ अधिकारी वा सत्तारुढ कम्युनिष्ट पार्टीका पदाधिकारीहरु एक्कासी बेपत्ता भएर केही समयपछि पुनः देखा पर्नुलाई अनौठो मानिँदैन । केही समयअघि राष्ट्रपति सीका पूर्ववर्ती हु जिन्ताओलाई पार्टीको बैठकबाट जबरजस्ती बाहिर निकालिएको थियो । पछि उनी पूर्वराष्ट्रपति जियाङ जेमिनको अन्त्येष्टिमा देखा परेका थिए ।

त्यसैगरी, सन् २०२० को नोभेम्बर महिनामा चिनियाँ नियामकको आलोचना गरेपछि धनाढ्य अर्बपति ज्याक मा पनि एक्कासी गायब भएका थिए । उनी गायब भएपछि उनको कम्पनीको आईपीओ पनि रद्द भएको थियो । पछि उनी एकाएक सार्वजनिक कार्यक्रममा देखा परे । हाल उनी ‘लो प्रोफाइल’ मा छन् । केही समयअघि उनले नेपालको पनि भ्रमण गरेका थिए ।

छिनलाई पदबाट हटाएको समाचार सार्वजनिक हुनेबित्तिकै चिनियाँ सामाजिक सञ्जाल पनि उत्तिकै चनाखो भइहाले । चिनियाँ राज्यनियन्त्रित सञ्चार माध्यमले निकै सावधानीपूर्वक गढिएको भाष्य प्रस्तुत गरिरहेको अवस्थामा चिनियाँ सामाजिक सञ्जालमा छिनलाई पदमुक्त गरिएको भन्ने पोस्ट, ह्यासट्यागलगायत अन्य कन्टेन्टलाई भने दबाइएको थियो ।

अर्कोतर्फ, वाङलाई नयाँ विदेशमन्त्री बनाइएको भन्ने सामग्रीलाई भने छुट दिइएको थियो । यसबाट निश्चित भाष्य गढेर जनभावनाको निर्माण गर्न चिनियाँ कम्युनिष्ट पार्टी कुन तहसम्म पुग्छ भने स्पष्ट हुन्छ ।

उच्चपदस्थ अधिकारीहरु रहस्यमय ढंगले गायब हुने, अनुसन्धानमा तानिने र केही समयपछि देखा पर्ने घटनाक्रमले सीको नेतृत्वलाई लिएर अनिश्चय र भ्रम उत्पन्न हुन्छ । यस्ता घटनालाई गोप्य राख्ने प्रवृत्ति अपारदर्शीताले चिनियाँ नेतृत्वको उद्देश्य अझ धुमिल र अस्पष्ट हुन्छ ।

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार  ९ : ०३ बजे

मुग्लिन–नारायणगढ सडक खुलेलगत्तै जलविरेमा तीन सवारी ठोक्किए, यातायात पुनः अवरुद्ध

चितवन – सुरक्षा संवेदनशीलताका कारण रातभर बन्द गरिएको मुग्लिन–नारायणगढ सडकखण्ड

गोरु पाल्ने किसानलाई प्रोत्साहन

गण्डकी– पोखरा महानगरपालिकाले गोरु पाल्ने किसानलाई प्रोत्साहन अनुदानसहित उन्नत जातको

वर्षाले विभिन्न राजमार्ग प्रभावित, केही सडकमा राति सवारी सञ्चालन गर्न नपाइने

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढीपहिरोले राजमार्ग प्रभावित

परम्परागत सीप संरक्षणमा हेटौँडा उपमहानगरको जोड

हेटौँडा– हेटौँडा उपमहानगरपालिकाले परम्परागत सीप, कला र पेसाको संरक्षणमा जोड

विश्वकप फाइनलमा मेसी र यमालको महँगो भिडन्त : एउटा टिकटको मूल्य ३० करोड रुपैयाँ !

काठमाडौँ – अमेरिकाको न्युयोर्क न्युजर्सी (मेटलाइफ) स्टेडियममा हुने फिफा विश्वकप