विप्लवका उपत्यका व्युरो इन्चार्ज माइला लामा पक्राउ « Khabarhub

विप्लवका उपत्यका व्युरो इन्चार्ज माइला लामा पक्राउ


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका उपत्यका व्युरो इन्चार्ज माइला लामा पक्राउ परेका छन् । उनलाई काठमाडौंको काँडाघारीबाट पक्राउ गरिएको हो । विशेष सूचनाका आधारमा गएको प्रहरीको विशेष टोलीले लामालाई मध्यरातमा पक्राउ गरेको हो ।

राति १२ बजेको समयमा लामासँगै अर्का नेता रेशम तामाङलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । लामा विप्लव नेतृत्वको नेकपाको जनसांस्कृतिक संघका अध्यक्ष समेत हुन् । काठमाडौं, भक्तपुर तथा ललितपुरको जिल्लाको इन्चार्ज लामा पक्राउ पर्नुलाई प्रहरीले उपलव्धी मानेको छ । उनकै नेतृत्वमा काठमाडौंमा चन्दा आतंक हुनुका साथै वम विस्फोटका घटना समेत भएको प्रहरीको दाबी छ ।

लामालाई प्रहरीले काठमाडौंमा भएका विभिन्न बम काण्डका योजनाकार रहेको आरोप लगाउँदै आएको छ । गत फागुन १० गते ललितपुरको नख्खुमा भएको विष्फोट, काठमाडौं अनामनगरको घट्टेकुलोको विष्फोट, सुकेधाराको विष्फोटमा ५ जनाले ज्यान गुमाएका छन् ।

विप्लव समूहले विध्वांसक गतिविधि मच्चाएको आरोप लगाउँदै सरकारले विप्लवका गतिविधमा प्रतिबन्ध लगाएपछि विप्लवका नेता कार्यकर्ता पक्राउ पर्ने क्रम बढेको छ । फागुन २८ गते सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएयता सो समूहका शीर्ष नेतासहित ५ सयभन्दा बढी नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

को हुन पक्राउ परेका लामा

काठमाडौं सीतापाइलाका लामा तत्कालीन माओवादीको जनसांस्कृतिक महासंघका अध्यक्ष हुन् । लामा विप्लव समूहभित्रको एक प्रभावशाली नेता मानिन्छन् । २०६४ मा उनी काठमाडौंबाट निर्वाचनमा समेत उम्मेदवार भएका थिए । लामाले तत्कालिन माओवादीका लागि धेरै गीतहरू लेखेका छन् भने सांस्कृतिक कार्यक्रमको नेतृत्व पनि गरेका थिए ।

एकीकृत माओवादी विभाजन भएपछि लामा मोहन वैद्य हुँदै विप्लव समूहमा आवद्ध भएका थिए ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  ७ : ०५ बजे

मासुमा मात्रै होइन शाकाहारी भोजनमा पनि पर्याप्त प्रोटिन पाइन्छ 

काठमाडौं– हिजोआज कसरत गर्ने व्यक्तिहरू ‘प्रोटिन सेक, प्रोटिन पाउडर’ किनेर

दुर्गमको ‘लालझाडी’ सडक पूर्वाधार विकासले सुगम बन्दै

कञ्चनपुर– जिल्लाको दुर्गम क्षेत्रका रूपमा परिचित लालझाडी गाउँपालिका पछिल्ला वर्षहरूमा

विद्यालयको मनपरीविरुद्ध आन्दोलन गर्न अभिभावकलाई शिक्षामन्त्री पुनको आग्रह

काठमाडौं – शिक्षामन्त्री महावीर पुनले विद्यालयको मनपरीविरुद्ध अभिभावकले आन्दोलन गर्नुपर्ने

काठमाडौंमा मनाइयो ‘विश्व ध्यान दिवस’ (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको घोषणाअनुसार आज विभिन्न कार्यक्रमको आयोजना गरी ‘विश्व

कागती बिक्री नभएपछि रस र चुक बनाइँदै

स्याङ्जा– स्याङ्जामा उत्पादित कागती बिक्री नभएपछि किसानले विकल्पको खोजी गरेका