दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


१६ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

दिनभर आजमा  कोशीको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त, संवैधानिक परिषद् बैठक निष्कर्षविहीन, नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम सरकारमा सहभागी हुने, भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नक्कली शरणार्थी प्रकरणका नेताहरू रिहाइको माग गर्दै उच्च अदालत पुगेलगायतका समाचारले प्रमुख स्थान पाए ।

कोशीको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त

कोशीको मुख्यमन्त्रीमा गठबन्धन दल कांग्रेसका नेता उद्धव थापा दोस्रो पटक मंगलबार नियुक्त भएका छन् ।

सभामुख बाबुराम गौतमले सरकार गठनका लागि बहुमत पुर्‍याउन पदबाट राजीनामा दिएर दाबी पेस गरेपछि प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

संसद बैठक एक साताका लागि स्थगित

मंगलबार बोलाएको प्रतिनिधिसभाको बैठक सूचना निकालेर एक साताका लागि स्थगित गरिएको छ ।

प्रतिनिधिसभाको अर्को बैठक साउन २२ गते सोमबार दिउँसो १ बजे बस्‍ने छ।

नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम सरकारमा सहभागी हुने

नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम सरकारमा सहभागी हुने भएको छ ।

संघीय सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग मंगलबार बिहान बालुवाटारमा भएको बैठकपछि नाउपा सुदूरपश्चिम सरकारमा जान तयार भएको हो।

प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न विश्वविद्यालय लाग्नुपर्छ : प्रधानमन्त्री

 प्रधानमन्त्री एवम् सुदूरपश्चिम विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्तरिक सुधारमा केन्द्रित हुन विश्वविद्यालयका पदाधिकारीलाई निर्देशन दिएका छन्  । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित सुदूरपश्चिम विश्वविद्यालयको ११औँ सिनेट बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले राज्यको सीमित  स्रोत र साधनका बाबजुद विश्वविद्यालयको आफ्नै बलबुतामा आन्तरिक सुधारको काम अगाडि बढाउन निर्देशित गरे । 

कांग्रेसको प्रचार विभागको निर्देशिका परिमार्जनसहित पारित

नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागले आफ्नो निर्देशिका, २०८० सामान्य परिमार्जनसहित सर्वसम्मतले पारित गरेको छ ।

विभागको आज बसेको बैठकले सो निर्देशिका पारित गरेको पार्टी कार्यालयले जनाएको छ । विभाग प्रमुख मीनबहादुर विश्वकर्माको अध्यक्षतामा बसेको बैठकले पुस्तकालय व्यवस्थापन तथा सञ्चालनका लागि कांग्रेस केन्द्रीय कार्यालयसँग समन्वय गर्ने निर्णय गरेको छ ।

संवैधानिक परिषद् बैठक निष्कर्षविहीन
प्रधानन्यायाधीशको सिफारिस गर्नका लागि आज बसेको संवैधानिक परिषदको बैठक बिना निष्कर्ष टुंगिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार बसेको संवैधानिक परिषद्को बैठकमा प्रधानन्यायाधीश सिफारिसको एजेन्डा थियो।

नक्कली शरणार्थी प्रकरणका नेताहरु रिहाइको माग गर्दै उच्च अदालत पुगे

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा पठाइएका बालकृष्ण खाँण, टोपबहादुर रायमाझीसहित १५ जना रिहाइको माग गर्दै उच्च अदालत पाटन पुगेका छन् ।

काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँण, रायमाझीसहित १६ जनालाई पुर्पक्षमा लागि थुनामा पठाएको थियो । तर, त्यसमध्ये १५ जनाले साधारण तारेखमा छुटी पाउँ भन्दै उच्च अदालत पाटनमा निवेदन दिएका हुन्।

राष्ट्रपति पौडेललाई कोप-२८ मा निमन्त्रणा

राष्ट्रपति रामचन्द्र पौडेललाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलन ९कोप(२८०मा निमन्त्रणा गरिएको छ ।

संयुक्त राष्ट्र जलवायु परिवर्तन सम्मेलन आगामी नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिखसम्म संयुक्त अरब इमिरेट्स ९यूएई०को दुबईमा हुँदैछ । नेपालका लागि यूएईका राजदूत अब्दुल्ला सइद मुबारक जर्वान अल शाम्सीले आज राष्ट्रपतिसँग भेट गरी सो निमन्त्रणा गरेका राष्ट्रपतिका परराष्ट्र विज्ञ डा सुरेश चालिसेले राससलाई जानकारी दिए।

राप्रपा नेपाल र संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाबीच पार्टी एकता
कमल थापा नेतृत्वको राप्रपा नेपाल र तारानाथ लुइँटेलको संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाबीच पार्टी एकता घोषणा भएको छ ।

राष्ट्रिय सभा गृहमा मंगलबार आयोजित कार्यक्रममार्फत पार्टी एकता घोषणा गरिएको हो । सो कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टी एकता राष्ट्रवादी शक्ति निर्माण गर्न कोशेढुंङ्गा सावित हुने दाबी गरे ।

उपराष्ट्रपति यादवबाट फहराइयो मुलुककै उँचो राष्ट्रिय झण्डा
उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको राष्ट्रिय झण्डा एक सय १० फिट उचाइमा फहराएका छन् । महोत्तरीको मटिहानी नगरपालिका–७ तस्मैयाबाबा उद्यान परिसरमा जडान गरिएको राष्ट्रिय झण्डा उनले एक समारोहबीच आज फहराएका हुन् । यो झण्डा मुलुककै सबैभन्दा उँचो भएको दाबी गरिएको छ ।

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

भारतबाट पेट्रोल तथा डिजेलको मूल्य बढेर आएको छ । भारतीय आयल कर्पोरेसन ९आईओसी० ले अगस्ट १ तारिखमा नेपाल आयल निगमलाई पठाएको मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर करिब सवा ८ रूपैयाँ, डिजेल ६ रुपैयाँ ६१ पैसाले बढेर आएको नेपाल आयल निगमले जनाएको छ ।

फोहरबाट मोहर बनाउने अभियानमा ध्यान दिनु आवश्यक

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले फोहरबाट मोहर बनाउने अभियानमा ध्यान दिन आवश्यक भएको बताएका छन् ।

फोहरमैला व्यवस्थापनसम्बन्धी कानूनको अन्तिम मस्यौदा तयारीका लागि आज ललितपुरमा आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा उनले भने, ‘फोहरबाट कसरी मोहर निकाल्ने, यसलाई पुनः प्रयोगमा ल्याएर कसरी बहुउपयोगी बनाउने भन्ने सन्दर्भमा पनि हामीले ध्यान दिनुपर्छ ।

नेताहरु इमान्दार बन्नुपर्छ : अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देश बनाउने सवालमा नेताहरु इमान्दार बन्नुपर्ने बताएका छन् ।

अनेरास्ववियु काठमाडौँ जिल्ला कमिटीद्वारा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पछिल्लो समय राजनीतिक दलका शीर्ष नेताहरु नै देशप्रति इमान्दार नभएको भन्दै देश र जनतालाई साक्षी राखेर इमान्दारिता कायम गर्नुपर्नेमा जोड दिए ।

उडान सुरक्षासम्बन्धी व्यवस्थामा कडाइ गर्दै प्राधिकरण

मुलुकको हवाई सुरक्षा अभिवृद्धिका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान सुरक्षासम्बन्धी व्यवस्थामा कडाइ गर्ने भएको छ ।

यसका लागि प्राधिकरणको उड्डयन सेवा निर्देशनालयले मनसुनको समयमा हवाई उडान सुरक्षा सर्तकता अपनाउने लगायत विविध उड्डयन सेवा सुधार र कार्यप्रणालीको योजना ल्याएको हो ।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  ९ : ०० बजे

भक्तपुरका सार्वजनिक निकायमा ताडफोड र आगजनी

भक्तपुर – भक्तपुरमा आज भएको प्रदर्शनमा भक्तपुरको बालकोटस्थित नेकपा ९एमाले०

हिमाचल प्रदेशमा पहिरो जाँदा ५ जनाको मृत्यु, ३ जना घाइते

काठमाडौं – भारतको उत्तर राज्य हिमाचल प्रदेशमा ठूलो पहिरो जाँदा

जलेश्वरस्थित कारागारको पर्खाल भत्काएर ५७२ जना कैदी फरार

धनुषा – महोत्तरीको जलेश्वरस्थित कारागारको पर्खाल भत्काएर ५७२ जना कैदी

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा आक्रमण, पार्किङका गाडीमा आगजनी

काठमाडौँ – भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि प्रदर्शनकारीले आक्रमण गरेका

सार्वजनिक संरचनामा आन्दोलनकारीको आगलागी : सिंहदरबार जल्दै, अन्यत्र पनि नियन्त्रणमा आएन

काठमाडौँ – सार्वजनिक संरचनामा प्रदर्शनकारीले लगाएको आगो निभाउन सरकारी संयन्त्र