जोखिम मोलेर युरोप यात्रा | Khabarhub Khabarhub

जोखिम मोलेर युरोप यात्रा


१७ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

आर्थिक संकट बढ्दै गएपछि अहिले हजारौँ पाकिस्तानीले देश छाड्न थालेका छन् । यसरी देश छाड्नेहरूले वैध र अवैध दुवै बाटो अपनाएका छन् । अत्यन्त जोखिम मोलेर विदेश जानेको पनि कमी छैन । जुन महिनामा ग्रिसमा यात्रुको चाप बढी भएको पानीजहाज दुर्घटना भएपछि मात्र यसबारे धेरै चर्चा हुन थाल्यो ।

गर्मीयाममा पञ्जाबको एक प्रहरी चौकीमा मानिसहरुको भीड हुने गर्छ । त्यहाँ रहेका धेरै मानिसहरू कुनै न कुनै रूपमा मानव तस्करीसँग सरोकार राख्नेहरू हुन् । यिनीहरू सम्बन्ध पाकिस्तानीलाई लिबिया लैजाने पानीजहाजसँग पनि छ । यिनीहरूकै माध्यमबाट यात्रु ओसारेको पानीजहाज १४ जुनमा दुर्घटना भएको थियो । सो दुर्घटनामा ३ सय जना पाकिस्तानी परेका थिए ।

प्रहरी चौकीमा रहेका कोही पनि खुलेर कुरा गर्न चाहँदैनन् । प्रहरी चौकीमा हुसेन साह पनि छन् । उनी तेस्रो पटक पक्राउ परेका हुन्। मानव तस्करीको नाइके या गिरोहको महत्वपूर्ण व्यक्ति भएको कुरा उनी बारम्बार अस्वीकार गर्छन् । पानीजहाजमार्फत पाकिस्तानीलाई विदेश लैजाने संयन्त्रबारे भने उनलाई पूर्ण जानकारी छ ।

‘यहाँ यति धेरै बेरोजगारीको समस्या छ की मानिसहरू मलाई आफ्नो घर लगेर देखाउँछन् । कुनै पनि हालतमा विदेश पठाइदिन आग्रह गर्छन् ।’ उनले भने । उनले एक वर्षमा १ हजार जनालाई विदेश लगेको कुरा स्वीकारेका छन् ।

उनलाई पनि आफूले ओसारेकै मान्छेको ज्यान गएको समाचार सुन्दा ज्यादै चित्त दुख्छ । मन भक्कानिएर आउँछ । तरपनि उनी भन्छन्, ‘यो काम मैले नगरे पनि अन्य कसैले त पक्कै गर्छ ।’

उनी यस्ता घटनामा आफ्नो भूमिका सामान्य भएको बताउँदै तस्करीका नाइके लिबियामा रहेको र उनले अकुत सम्पत्ति कमाएको बताउँछन् । हुसेन आफैँ भने अन्य कुनै पैसा नभएका कारण बाध्य भएर यसमा लागेको बताउँछन् ।

आर्थिक संकट चुलिएसँगै पाकिस्तानमा मुद्रास्फीति बढेको छ । अन्तर्राष्ट्रिय बजारमा पाकिस्तानी रुपैयाँको मूल्य घटेको छ । यस कारण धेरै पाकिस्तानी कम ज्यालादारमा भएपनि विदेशी भूमिमै गएर काम गर्न चाहन्छन् ।

गत वर्ष गरिएको एक सर्वेक्षणका अनुसार १५ देखि २४ वर्षका पाकिस्तानी युवामध्ये ६२ प्रतिशत देश छाड्न चाहन्छन् । उनीहरू धेरै जना जुनसुकै तरिका अपनाएर भए पनि विदेश जान चाहन्छन् । कोही भने कानूनी समस्या आएपनि जस्तोसुकै रणनीति अपनाएर भएपनि विदेश जान तयार छन् ।

पानीजहाज दुर्घटनापछि भने अर्को बाटो अवलम्बन गर्नेको सङ्ख्या बढेको छ । विमानमा दुबई या लिबिया गएर त्यहाँबाट पानीजहाजमा युरोप जान खोज्नेको सङ्ख्या पनि कम छैन ।

अन्य बाटो हुँदै युरोप जाने पाकिस्तानीको सङ्ख्या एकदमै कम छ । ग्रिक पानीजहाज दुर्घटनाको छानबिनमा सक्रिय मोहम्मद अलाम सिनवारी भने दुर्घटनापछि अवैध बाटोबाट जानेको सङ्ख्यामा कमी आएको दाबी गर्छन् ।

उनका अनुसार गएका ६ महिनामा पाकिस्तानबाट लिबिया या इजिप्ट जानेको सङ्ख्या १३ हजार छ । सन् २०२२ मा ७ हजार गएका थिए । ‘उनीहरू युरोप पुगे की लिबियामै छन् यसबारे मलाई कुनै जानकारी छैन,’ सिनवारीले भने । पानीजहाज दुर्घटना नभएसम्म मानव तस्करीमा प्रहरीको चासो नुहुनु साँच्चै आश्चर्यजनक हो ।

‘तिनीहरू रिपोर्ट नै गर्न आउँदैनन् । उनीहरू कानूनी उपचारबाहेकका अन्य उपायको खोजीमा भौँतारिन्छन्’ सिनवारीले भने, ‘यसले हामीलाई सूचना पाउन र कारबाही अघि बढाउन धेरै कठिन भएको छ । किनभने परिवारले सबै कुरा हामीसँग भन्दैनन् ।’

सिनवारीले मानव तस्करी रोक्न सरकारले काम गरिरहेको बताउँदै गत वर्ष १९ हजारलाई रोकेको तथा २० हजारलाई फिर्ता बोलाएको बताए । उनकै अनुसार कति मान्छे गइरहेका छन् भन्ने नै थाहा हुँदैन ।

यसरी जानेमध्येका केही लिबियामा नै अलमलिएका छन् । सरकारी अधिकारीले एक जनाको घरमा गएर बुझ्न खोज्दा गाउँले सबै आएर उनलाई घेरेका थिए । लिबिया जाने धेरै जनाले आफ्ना साथी र परिवारसँग भ्वाइस म्यासेज गर्दै पैसा मागी रहेका पनि हुन्छन् ।

एक बाबुसँग आफ्नो छोराले गरेको भिडियो कलको रेकर्ड अझै छ । त्यहाँ झ्यालसमेत नभएको एउटै कोठामा १ सय जना राखिएको छ । भुईँमा रहेका उनीहरूमध्ये कतिले त भित्री वस्त्रमात्र लगाएका छन् । क्यामरा नजिक पुगे पछि उनीहरू भागेको दृश्य पनि देख्न सकिन्छ ।

उनीहरू तस्करको कब्जामा छन् या लिबिया सरकारको भन्नेमा परिवार अनभिज्ञ नै छ । उनीहरूको परिचय पूरै लुकाइएको छ ।

एक बाबुले सुनाएअनुसार उनीहरुलाई दुई या तीन दिनको अन्तरालमा मात्र खानेकुरा दिने गरिन्छ । पैसा पनि खर्च भएको र दुख पाएको भन्दै छोराहरू रुन थालेका छन् । यसका बाबजुद उपयुक्त विकल्पको बारे परिवार नै अस्पष्ट छ ।

युरोपमै रहेका एक तस्करका अनुसार धेरै जना पाकिस्तानी जोखिम मोलेर नै विदेश गइरहेका छन् । कोही राम्रो जीवनको खोजीमा जसरी भएपनि युरोप पुग्ने तरखरमा छन् भने कोही सामाजिक कारणले यो कठिन बाटो रोज्न बाध्य छन् ।

फरिद हुसेन आठ वर्षअघि टर्की, ग्रिस, मेसोडोनीया, सर्बीया, क्रोएसिया र स्लोभानीयाको बाटो हुँदै जर्मनी पुगेका थिए । उनी बाबु बिरामी भएपछि स्वदेश फर्किए । अहिले तस्करहरू उनको छोरालाई विदेश जान प्रेरित गरिरहेका छन् ।

उनको विचारमा गरिबी र बेरोजगारी समस्याका कारण युरोपतर्फ पाकिस्तानीको आकर्षण बढी छ । यी सबैका बाबजुद १४ जुनको दुर्घटनाले धेरैलाई झस्काएको छ । तर, यो लामो अवधिका लागि नहुन सक्छ ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ८ : १० बजे

देशभर मनुसनी वर्षा, यी स्थानमा ठूलो पानी पर्ने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल

खोलाले बगाएर दुइजना बेपत्ता

झापा– लगातारको झरीका कारण खोला नदीमा आएको बाढीले बनाउँदा झापामा

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं– आज २०८१ साल असोज ५ गते शनिबार तदनुसार सन्

आज २०८१ साल असोज १२ गते शनिबारको राशिफल

काठमाडौं– आज २०८१ साल असोज १२ गते शनिबार तदनुसार सन्

द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली

बोस्टन– प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायलाई टुङ्गो लगाउने क्रममा