आफ्नो पार्टी सदस्य संख्या ७ लाख बढी रहेको माओवादीको दाबी « Khabarhub

आफ्नो पार्टी सदस्य संख्या ७ लाख बढी रहेको माओवादीको दाबी


१७ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रले आफ्नो पार्टी सदस्य संख्या ७ लाख ५२ हजार ९५६ रहेको दाबी गरेको छ ।

बुधबार काठमाडौंमा सुरु पार्टीको केन्द्रीय समितिको बैठकमा सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी सदस्य संख्या पनि सार्वजनिक गरेका हुन् ।

सबैभन्दा धेरै पार्टी सदस्य बागमतीमा रहेका अध्यक्ष दाहालले बताएका छन् । उनका अनुसार बागमतीमा १ लाख ४७ हजार ३५३,लुम्बिनीमा १ लाख १२ हजार ९१०, कोशीमा ९९ हजार ६०१, मधेशमा १  लाख १६ हजार ९७५, कर्णालीमा ८५ हजार ७७४, गण्डकीमा ६६ हजार ६८७ र सुदूरपश्चिममा ८० हजार ४८२ जना पार्टी सदस्य रहेका छन् ।

त्यस्तै सम्पर्क कमिटीहरुमा १९ हजार ३१२, काठमाडौं उपत्यकामा १८ हजार ३२५ र प्रवासमा ५ हजार ५३७ जना रहेको रहेका छन् ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ३ : ०६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै