तनाव नबढाउन पुटिनलाई एर्दोगानको आग्रह « Khabarhub

तनाव नबढाउन पुटिनलाई एर्दोगानको आग्रह


१७ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

अङ्कारा- टर्किस राष्ट्रपति रेसेप तैयप एर्दोगानले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनलाई तनाव बढाउने कुनै पनि गतिविधि नगर्न आग्रह गरेका छन् ।

युक्रेनबाट खाद्यान्न ढुवानी हुने महत्वपूर्ण स्थानमा रुसले आक्रमण गरेपछि टर्किस राष्ट्रपतिले तनाव बढाउने गतिविधि नगर्न राष्ट्रपति पुटिनलाई टेलिफोन गरेर आह्वान गरेका हुन् ।

अनाज आपूर्ति हुने युक्रेनी बन्दरगाह तथा अन्य केन्द्रमा मस्कोले आक्रमण गरेर भौतिक संरचनामा क्षति भएपछि राष्ट्रपति एर्दोगानले खाद्यान्न आपूर्तिको सम्झौता शान्तिको सेतु भएको उल्लेख गर्दै उक्त सम्झौताको पालनमा जोड दिएको टर्किस राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

टर्किए र संयुक्त राष्ट्र सङ्घको मध्यस्थतामा युक्रेनलाई आफ्नो कृष्ण सागरमा रहेको बन्दरगाहबाट खाद्यान्न निर्यात गर्ने अनुमति दिएको थियो तर मस्कोले गत महिना त्यो समाप्त भएको घोषणा गरेको थियो । हिजोदेखि बन्दरगाहका भौतिक संरचनामा आक्रमण थालेको छ ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ५ : ३४ बजे

संसदका दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

लगातार पहिरो खसेपछि टोखा–छहरे सडक बन्द

नुवाकोट – वर्षाका कारण सडकमा पहिरो र गेग्रान खस्ने क्रम

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ ३ गते बुधबार सन् २०२६

आज २०८३ साल भदौ ३ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ३ गते बुधबार सन् २०२६