गुण्डागर्दी गरेको आरोपमा ५ जना पक्राउ « Khabarhub

गुण्डागर्दी गरेको आरोपमा ५ जना पक्राउ


१७ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गुण्डागर्दी गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । काठमाडौँको बौद्ध जोरपाटीलगायतका स्थानमा सर्वसाधारणसँग अनावश्यक विवाद गरी डर, त्रास, भय सृजना गरेर गुण्डागर्दी गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा रामेछाप गोकुलगंगा घर भई हाल काठमाडौँको जोरपाटी बस्ने २८ वर्षीय बाफ्ले भन्ने विक्की लामा, सिन्धुपाल्चोकको मेलम्ची घर भई हाल काठमाडौको गोकर्णेश्वर बस्ने ३४ वर्षका श्यामबहादुर लामा, सिन्धुपाल्चोकको मेलम्ची घर भई हाल काठमाडौँको कागेश्वरी मनहरा, डाँछी बस्ने ३६ वर्षीय भीमबहादुर बस्नेत छन् ।

त्यसैगरी, सोही आरोपमा प्रहरीले सिन्धुपाल्चोकको मेलम्ची घर भई हाल काठमाडौँको मूलपानी बस्ने ३५ वर्षीय गोविन्द गजमेर र सिन्धुपाल्चोकको चौतारा साँघाचोकगढी घर भई हाल काठमाडौँको गोकर्णेश्वर बस्ने ३५ वर्षीय प्रविण तामाङ रहेका छन् ।

उनीहरु समूहमा गई सर्वसाधारणलाई कुटपिट गर्ने, गैरकानुनी रूपमा रकम माग गर्नेलगायतका अपराधिक गतिविधिमामा संलग्न रहेका प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ को दफा ११८ को अभद्र व्यवहार गर्न नहुने कसूरमा थप अनुसन्धानको लागि प्रहरी वृत्त बौद्ध पठाइएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ८ : २२ बजे

कटुवा पेस्तोलसहित एक युवा पक्राउ

तनहुँ– आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक युवालाई

पाटन उच्च अदालतमा युवतीले गरिन् आत्महत्याको प्रयास 

काठमाडौं– उच्च अदालत पाटनमा एक युवतीले आत्महत्याको प्रयास गरेकी छन्

शेखरको प्रश्न : लुटिएका हतियार, भागेका कैदी बाहिर छन् यसबारेमा सरकारले के सोचेको छ ?

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले फागुन २१ मा

इयुको ९० अर्ब युरो सहयोग सम्झौता

एजेन्सी– युरोपेली सङ्घ (इयु) का नेताहरूले युक्रेनलाई आगामी दुई वर्षसम्म

एनआरएनएद्वारा प्रहरी वृत्त दरबारमार्गलाई ब्यारिकेड हस्तान्तरण (तस्बिरहरू)

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपाल प्रहरीको दरबारमार्ग स्थित प्रहरी