लम्पी स्किन नियन्त्रण गर्न साताव्यापी खोप अभियान « Khabarhub

लम्पी स्किन नियन्त्रण गर्न साताव्यापी खोप अभियान


१७ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बागमती प्रदेश सरकारले लम्पी स्किन रोग नियन्त्रणका लागि सप्ताहव्यापी खोप अभियान सञ्चालन गर्ने भएको छ ।

रोगको बढ्दो सङ्क्रमण दर र पशु मृत्युदर न्यूनीकरणका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यही साउन २५ गतेदेखि ३१ गतेसम्म सप्ताहव्यापी खोप अभियान सञ्चालन गर्ने भएको हो ।

खोप अभियानअन्तर्गत प्रदेशका करिब ४० हजार गाईभैँसीमा लम्पी स्किन रोगविरुद्धको खोप लगाउने लक्ष्य रहेको मन्त्रालयकी पशु चिकित्सक डा सृजना वाग्लेले जानकारी दिइन् । अभियान मन्त्रालयअन्तर्गत रहेका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत सञ्चालन गरिने र दैनिकरुपमा खोप लगाइएका पशुको तथ्याङ्क सङ्कलन गरी सार्वजनिकसमेत गरिने उनले बताइन् ।

त्यसको लागि सम्बन्धित स्थानीय तहको समन्वयमा सम्बन्धित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले साउन २० गतेभित्र भ्याक्सिनेटर छनोट तथा नियुक्ति गरिसक्ने कार्यतालिका रहेको छ ।

त्यस्तै, साउन २० मा नै प्रदेश दुग्ध विकास बोर्डमार्फत दुग्ध क्षेत्रसँग सम्बन्धित सङ्घ संस्थासँग खोप अभियानसम्बन्धी समन्वय बैठक सञ्चालन गर्ने कार्यतालिका रहेको छ ।

त्यसैगरी, साउन २२ गतेभित्र सम्बन्धित स्थानीय तहको समन्वयमा सम्बन्धित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले खोप खरिद तथा भण्डारण तथा प्रचारप्रसार सामग्री तयारी र प्रसारण गर्ने र मन्त्रालयले खोप कार्ड, खोप अभियान लोगो, खोप अभिलेख फाराम, पम्पलेट तथा ब्रोसर छपाइ र वितरण गर्ने कार्यसूची रहेको छ ।

साउन २३ मा सम्बन्धित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले भ्याक्सिनेटर तथा स्थानीय तहहरुलाई अभिमुखीकरण, खोप तथा लजिष्टिक सामग्री वितरण गर्ने कार्यतालिका रहेको छ ।

यस्तै, साउन २५ गते मन्त्रालयले रोगविरुद्ध खोप अभियानको औपचारिक उद्घाटन गर्ने र सो कार्यलाई ३१ गतेसम्म निरन्तरता दिइने छ । लम्पी स्किन रोग झिङ्गा, लामखट्टे, किर्नाजस्ता किराको टोकाइबाट सर्ने उक्त रोगका कारण गाईभैँसीमा अत्यधिक ज्वरो आउने, दानापानी नखाने, छालामा गिर्खा आउनेलगायतका लक्षण देखा पर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ९ : १८ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले