प्रविधिमैत्री तालिम केन्द्र खोल्न इजरायलका राष्ट्रपतिसमक्ष प्रस्ताव « Khabarhub

प्रविधिमैत्री तालिम केन्द्र खोल्न इजरायलका राष्ट्रपतिसमक्ष प्रस्ताव


३ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जेरोसेल- इजरायलका लागि नवनियुक्त नेपाली राजदूत डा. अञ्जान शाक्ले नेपालमा प्रविधिमैत्री तालिम केन्द्र खोल्न इजरायलसमक्ष प्रस्ताव गरेकी छन् ।

जेरोसेलमा इजरायली राष्ट्रपति रिउनभेन रिभलीनसँगको भेटमा राजदूत शाक्यले नेपालका सातवटै प्रदेशमा इजरायलको ‘सेन्टर अफ एक्सिलेन्सी’ अर्थात इजरायली उच्च प्रविधिको तालिम केन्द्र खोल्न प्रस्ताव गरेकी हुन्।

आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्ने राष्ट्रपति भवन पुगेकी राजदूत शाक्यले उच्च प्रविधिको तालिम केन्द्रमार्फत कृषि, सूचना प्रविधि, कम्युटर, मेडिकल र शिक्षालगायतका क्षेत्रमा नेपालमा रोजगारीका अवसर बढ्ने भएकाले यो प्रस्ताव गरिएको शाक्यले बताइन् ।

राजदूत शाक्यले राष्ट्रपतिसँगको भेटमा आपसी हितका विषयमा छलफल भएको जानकारी दिइन । राजदूत शाक्यले राष्ट्रपतिसँगको भेटमा नेपालमा लगानी गर्न आग्रह गरेको र राष्ट्रपतिले त्यसलाई सकारात्मक रुपमा लिएको पनि जानकारी दिइन ।

‘इजरायली लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक हुनुहुन्छ,’ राजदूत शाक्यले भनिन्, ‘राष्ट्रपतिज्युको भेटमा पनि यो विषयमा कुराकानी भयो । राष्ट्रपतिले त्यसलाई सकारात्मक रुपमा लिनुभयो । २०१९ मार्च महिनामा नेपालमा लगानी सम्मेलन हुँदैनछ । मैले इजरायली लगानीकर्तालाई नेपालमा लगानी गर्न राष्ट्रपतिसमक्ष लगानीको प्रस्ताव गरेकी छु ।’

शाक्यले आधा दर्जन भन्दा बढी लगानीकर्ताले लगानीका लागि प्रतिवद्धता जनाएको पनि बताइन ।

राजदूत शाक्यले पनि इजरायलका राष्ट्रपति र प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्ता पनि दिएकी छन् । आगामी अप्रिल ९ मा निर्वाचन सकिएपछि नेपाल आउने राष्ट्रपति रिभलीनले बताएको शाक्यले जानकारी दिइन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०७५, शुक्रबार  १० : २१ बजे

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक (सूचीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक

भालुको पित्त र हात्तीको दाह्रासहित तीनजना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रासहित

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण