युक्रेनको परिवारमा १८ महिनापछि फर्किएको खुसी | Khabarhub Khabarhub

युक्रेनको परिवारमा १८ महिनापछि फर्किएको खुसी


१९ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

सन् २०२२ को सुरुवातको समय, युक्रेनको एक परिवारले आफ्नो बाबुलाई ‘गुड बाई’ भनेर हिँडेको थियो। ललीवको रेल स्टेसनबाट हात हल्लाएर उनीहरू छुट्टिनुको पीडा कम्तीको थिएन। १८ महिनापछि उनीहरू हात समाएरसँगै नयाँ बनेको घरमा प्रवेश गरेका छन्। एक साता अघिसम्म उनीहरू ठुलो पीडामा बाँचेको थिए। बच्चालाई रातमा निन्द्रासमेत लाग्दैन थियो।

१० वर्षीया अन्नाले आमालाई आफू रहेको स्थान कहिले छाड्ने भनेर सोधी रहन्थिन। तिनी एउटा खुट्टाले उफ्रँदै अर्को कोठामा पुग्ने गरेकी थिइन्। त्यहाँ पुगेर उनी विद्यालयमा तयार पारिएका चित्र मात्र हेरिरहन्थिन। एउटा कोठामा उनीहरू बस्छन्। त्यो कोठाको छेउमा रुखले ढाकेका छन्। त्यसको शीतल हावाको अनुभव गर्दै उनी आफ्नो बाबुसँगको भेटमा यो दिने भनेर पर्खिएर बसिरहेकी थिइन्।

ललीवको रेल स्टेसनबाट हात हल्लाएर उनीहरू छुट्टिनुको पीडा कम्तीको थिएन। १८ महिनापछि उनीहरू हात समाएरसँगै नयाँ बनेको घरमा प्रवेश गरेका छन्।

घर अगाडि आँगनमा हिउँ परिरहेको छ। उनी रोमाञ्चित हुनुपर्ने हो। तर, मनमा छटपटाहट छ। यो घटना थियो १८ महिना अघिको। त्यो छाडेर फर्कनुको खुसी उनमा बिछट्टै छ। उनी भन्दा चार वर्ष कान्छो भाइ इलीयाको खुसीको त झन् कुनै सीमा नै छैन।

मार्च महिनामा लवीवको रेल स्टेसनबाट बाबुबाट टाढा हुनुको पीडा उनमा अझै छ। ‘म एकदमै एकदमै खुसी छु,’ भाव विभोर हुँदै उनले भने। उनलाई घर जाने भनेर सम्झँदा पनि लवीवको त्यो दृश्यको याद आउँछ। उनीहरू लवीव छाडेर सुरुवातमा सडकको बाटो हुँदै पोल्यान्डको क्राक्रो पुगेका थिए। त्यसपछि उनीहरू रेलको बाटो हुँदै जेनना पुगेका थिए। त्यहाँबाट अन्य युक्रेनी झैँ उनीहरू लामो बाटो तय गरेर सुरे पुगेका थिए।

यसरी विदेशिएकी ओकान्सालाई त यो दिन फर्केर आउँछ भन्ने विश्वास पनि थिएन। उनलाई सबै सपना झैँ लागि रहेको छ। कथाको सुरुवात २४ फेब्रुअरी २०२२ बाट भएको हो। रुसको पहिलो हवाई सेनाको सेल खार्किभमा बसीसकेको समाचार उनीहरूले सुनेका थिए। यसपछि उनीहरूको पनि पहिलो दायित्त्व बच्चाको मनोभावमा युद्धको त्रासदी छिर्न नदिनु नै थियो।

मार्च महिनामा लवीवको रेल स्टेसनबाट बाबुबाट टाढा हुनुको पीडा उनमा अझै छ। ‘म एकदमै एकदमै खुसी छु,’ भाव विभोर हुँदै उनले भने। उनलाई घर जाने भनेर सम्झँदा पनि लवीवको त्यो दृश्यको याद आउँछ।

त्यसपछि विष्फोट हुन थाल्यो। युद्धका कारण पहिलो पटक मान्छे मरेको समाचार सुने। पेट्रोल पम्प र खाद्यान्न पसलमा मानिसको लाइन लाग्न थाले। त्यो रातबाट उनीहरू अधिकारीको अँध्यारोमा बस्ने आदेशलाई हुबहु मान्न थाले। एउटा अँध्यारो कोठामा बच्चा केही खेलेर बसेका हुन्थे। बाहिरबाट त्यहाँ केही थाहा हुँदैन थियो।

स्थिति डरलाग्दो भइसकेको थियो। त्यहाँ भित्रै बस्नुको मतलब ज्यान जाने खतरा अझ बढी हुनसक्छ भन्ने हो। कुनै पनि व्यक्तिलाई रुसी सेना रोकिने समयका बारे कुनै अनुमान नै थिएन। पश्चिमतर्फ लम्कनु भनेको परिवारसँग छुट्नु नै हो। युद्ध लड्न मिल्ने उमेरका भनौँ अझ भनौँ १५ देखि ६० वर्ष उमेरमा पुरुषलाई भने त्यहाँबाट जान दिइएको थिएन।

श्रीमान् जुेनिया त्यही बसेका थिए भने ओकान्सा त्यहाँबाट बच्चा लिएर हिँडिन्। उनीहरू भिन्न हुनुको विकल्प नै थिएन। इंग्ल्यान्डमा रहेको कुनै आफन्तको घरमा बस्ने निधो उनले गरिन्। दोस्रो विश्व युद्धपछि युरोपमा सबै भन्दा बढी आप्रवासी समस्या थपिएको थियो। खार्किभबाट २४ घण्टा परको ललीवको रेल स्टेसनमा उनीहरू पुगेका थिए। त्यस स्थानको यात्रा ओक्सानाको मानसपटलमा अझै छ। ‘टेबलमा बच्चाहरू टोलाएर बसिरहेका थिए। सबै मानिस हाम्रो वरपर घेरिएका थिए,’ त्यस समयको सम्झनमा उनले भनिन्। लवीवमा जेनिया गुडबाइ भनेर उनीहरू लागे पोल्यान्ड तर्फ।

पश्चिमतर्फ लम्कनु भनेको परिवारसँग छुट्नु नै हो। युद्ध लड्न मिल्ने उमेरका भनौँ अझ भनौँ १५ देखि ६० वर्ष उमेरमा पुरुषलाई भने त्यहाँबाट जान दिइएको थिएन।

लवीव रेल स्टेसनमा दशौँ हजारौँ युक्रेनी पश्चिमतर्फ जान तयार भएर बसेका थिए। यक्रुनेका एक चौथाइले देश छाड्ने लक्षण देखिएको थियो यसरी देश छाड्नेमा महिला र बच्चाहरू धेरै थिए। रेलको व्यवस्था नभएसम्म उनीहरू त्यही प्लेटफर्ममा सुरक्षित रूपले बनाइएका अन्डरग्राउन्ड होटेलमा बसेका थिए। रेल आएको र यात्रा सुरु हुने दिनको पर्खाइमा लवीवमा हजारौँ जना बसी रहेको थिए। समय समयमा बज्ने साइरनको आवाजले तर्सिएर बच्चाहरू रोइरहेका हुन्थे।
त्यहाँ धनी र गरिबको अर्थ थिएन। सबैमा डर थियो मृत्युको र बाच्ने चाहना मात्र थियो। बिहानको साढे पाँच बजे रेलमा यात्रा अघि बच्चाले आफ्नो बाबुलाई अङ्कमाल गरेर र लामो यात्राका लागि उनीहरू लागे। ओक्सानाको आँखाबाट आँसुका बलिन्द्र धारा बगी रहेका थिए। उनीहरू फोनमा वार्ता गर्ने शर्तमा त्यहाँबाट हिँडेका थिए।

अब कहिल्यै भेट नहुने त होइन भन्ने भयसँगसँगै यात्राको सुरुवात गरेकी ओक्सानाले जेनियासँगको पहिलो भेट सम्झन थालिन्। ओक्साना र जेनियाको पहिलो भेट सन् १९९९ को नव वर्षको दिन उनको भेट भएको थियो। बाहिर जेनियाको फोनमा घण्टी बज्न थाल्यो। यो इलियाको थियो। उनले बाबुलाई राम्रोसँग कोट र टोपी लगाउन भनी रहेका थिए। यसले जेनियालाई अझ रुवायो। पोल्यान्ड पुगेका उनीहरूलाई चार महिनाको बसाइको व्यवस्था मिलाइएको थियो । यसपछि काकीको सहयोगमा उनीहरू बेलायतको यात्रा गर्ने भएका थिए।

इंग्ल्यान्डमा पुगेपछि ओक्सानाले बच्चाले जस्तै अङ्ग्रेजी सिक्न थालेकी थिइन्। यिनीहरू तीन जनाले अङ्ग्रेजी सिकेपछि ओक्साना विद्यालयमा काम गर्न थालिन्। प्रत्येक दिन जेनियासँग उनीहरूको भिडियो कुराकानी हुने गरेको थियो। बच्चाको पढाइमा बारे धरै चासो लिने गरेका थिए जेनियाले पनि। लामो गन्थन गर्थे यिनीहरू। फोन राखेपछि केही शान्त वातावरण हुन्थ्यो। सन् २०२३ को गृष्ममा यिनीहरूको योजना बदलिएको हो। ओक्साना र बच्चाहरू बिदा लिँदै युक्रेन जाने भए। खार्किभ भन्दा सुरक्षित ठहरिएको डिनिप्रोमा जेनियालाई भेट्न उनीहरूको योजना थियो।

इंग्ल्यान्डमा पुगेपछि ओक्सानाले बच्चाले जस्तै अङ्ग्रेजी सिक्न थालेकी थिइन्। यिनीहरू तीन जनाले अङ्ग्रेजी सिकेपछि ओक्साना विद्यालयमा काम गर्न थालिन्। प्रत्येक दिन जेनियासँग उनीहरूको भिडियो कुराकानी हुने गरेको थियो।

नयाँ बनेको अपार्टमेन्टमा जेनिया भाडामा बस्थे। उनीहरूको भिन्न योजना छ, डिनिप्रो नदीमा माछा मार्न जाने तथा साँझ पख बाबुको हात समाएर हिँड्ने उनीहरूको ठुलो चाहना छ। एउटा लामो र कठिन यात्रा सकेर जेनियाले १८ महिनासम्म पर्खिएर खोसिएको खुसी भेटेका थिए।

यो परिवारको खुसीको सीमा नै छैन । ओक्साना भन्छिन्, ‘एक आपसमा प्रेम गर, अन्तिम सममयसम्म त्यसलाई कामय राख। किनकी एक आपसको प्रेमले नै मानिसलाई फेरि भेट गराउने हो।’ यो एउटा प्रतिनिधि घटना हो। रुस युक्रेन युद्धका कारण यस्ता मार्मिक कथा धेरै लेखिएका छन्। तसर्थ युद्धको अन्त्यको विकल्प पनि छैन। स्रोतः बीबीसी

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  ८ : ०९ बजे

बेरुतमा भएको इजरायली हमलामा ११ जनाको मृत्यु

बेरुत – लेबनानको राजधानीमा भएको इजरायली हवाई आक्रमणमा शनिबार कम्तिमा

अशान्ति सिर्जना गर्न खोज्नेविरूद्ध कडा रूपमा प्रस्तुत हुन महानिरीक्षक कुँवरको निर्देशन

नुवाकोट – प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले समाजमा अशान्ति सिर्जना गर्न

भारतीय सेना प्रमुख पोखरामा, वीरता पुरस्कार विजेताहरुलाई सम्मान

काठमाडौं – नेपाल भ्रमणमा रहेका भारतीय सेना प्रमुख जनरल उपेन्द्र

चलचित्र भवनमा नेपाली चलचित्रको दबदबा

काठमाडौं – गत दसैँदेखि प्रदर्शनमा आएका नेपाली चलचित्रले दर्शकको राम्रो

स्कुल बस दुर्घटना हुँदा २८ जना घाइते

भरतपुर – चितवनको उपरदाङगढीमा पिकनिक गएर फर्कंदै गरेको स्कुल बस