हतकडीसहित फरार रहेका एक जना पक्राउ « Khabarhub

हतकडीसहित फरार रहेका एक जना पक्राउ


१९ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

बारा– बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६ टाङीयाबस्तीका ३५ वर्षीय सागर लामालाई प्रहरीले पक्राउ गरेको छ । केही दिन अगाडिमात्र हतकडीसहित गाउँलेको सहयोगमा उनी फरार भएका थिए ।

लामालाई पक्राउ गर्न बारा प्रहरीले ठुलो मात्रमा प्रहरी गाउँ आउने तयारी गरेको खबर प्राप्त गरेपछि लामा आत्मसमर्पण गर्न इलाका प्रहरी कार्यालय निजगढ आउने क्रममा उनलाई पक्राउ गरिएको हो ।

दुई दिनअघि लामाको घरमा खानतलासी गर्दा हतियार, जनावरको अङग सहित पक्राउ परेका लामालाई स्थानीयले भगाउन ढुङगामुढा गर्दा प्रहरीले पाँच राउण्ड हवाई फायर समेत गरेको थियो । ठूला हतियार रहेको गोप्य सूचनाको आधारमा निजको घरमा छापा मार्नको लागि प्रहरी निरीक्षक घनश्याम श्रेष्ठको नेतृत्वमा १५ जनाको टोली लामाको घरमा बिहानै पुगेको थियो ।

छापामारी पछि लोड भएको भरुवा बन्दुक सहित पक्राउ परेका लामालाई वडा सदस्यको रोहबरमा मुचुल्का बनाएर लैजाने क्रममा जंगल छेउ बाटोमा दोहोरो भिडन्त भएको थियो। उक्त स्थानमा प्रहरीले लोड गरेको भरुवा बन्दुक एक थान, बन्दुकको गोली २ वटा, बाघको दाँत जस्तो देखिने २ वटा, रौं १३ ओटा र ३ वटा नङ्ग्रा बरामद गरेको थियो ।

लामा वन्यजन्तुको शिकारीमा संलग्न रहेको प्रहरीको आशंका छ । लामालाई हातहतियार र वन्यजन्तु ओसारपसारविरुद्ध कारबाही हुने प्रहरी उपरीक्षक होबेन्द्र बोगटीले जानकारी दिए ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  १० : ५८ बजे

जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर

म्यान्मारमा आम निर्वाचनको पहिलो चरणको मतदान सम्पन्न

याङ्गुन – म्यान्मारले निर्वाचित सरकारलाई सत्ताच्युत गरी सेनाप्रति वफादार सरकार

मुस्ताङमा चार हजारभन्दा बढीको आँखा परीक्षण

मुस्ताङ- जिल्लाका पाँच पालिकामा चार हजारभन्दा बढीको आँखा परीक्षण गरिएको

भारतीय प्रतिशोधले पाकिस्तानको नेतृत्व त्रसित

इस्लामावाद- अप्रिल २२ मा जम्मू–काश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि भारतले