हतकडीसहित फरार रहेका एक जना पक्राउ « Khabarhub

हतकडीसहित फरार रहेका एक जना पक्राउ


१९ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

बारा– बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६ टाङीयाबस्तीका ३५ वर्षीय सागर लामालाई प्रहरीले पक्राउ गरेको छ । केही दिन अगाडिमात्र हतकडीसहित गाउँलेको सहयोगमा उनी फरार भएका थिए ।

लामालाई पक्राउ गर्न बारा प्रहरीले ठुलो मात्रमा प्रहरी गाउँ आउने तयारी गरेको खबर प्राप्त गरेपछि लामा आत्मसमर्पण गर्न इलाका प्रहरी कार्यालय निजगढ आउने क्रममा उनलाई पक्राउ गरिएको हो ।

दुई दिनअघि लामाको घरमा खानतलासी गर्दा हतियार, जनावरको अङग सहित पक्राउ परेका लामालाई स्थानीयले भगाउन ढुङगामुढा गर्दा प्रहरीले पाँच राउण्ड हवाई फायर समेत गरेको थियो । ठूला हतियार रहेको गोप्य सूचनाको आधारमा निजको घरमा छापा मार्नको लागि प्रहरी निरीक्षक घनश्याम श्रेष्ठको नेतृत्वमा १५ जनाको टोली लामाको घरमा बिहानै पुगेको थियो ।

छापामारी पछि लोड भएको भरुवा बन्दुक सहित पक्राउ परेका लामालाई वडा सदस्यको रोहबरमा मुचुल्का बनाएर लैजाने क्रममा जंगल छेउ बाटोमा दोहोरो भिडन्त भएको थियो। उक्त स्थानमा प्रहरीले लोड गरेको भरुवा बन्दुक एक थान, बन्दुकको गोली २ वटा, बाघको दाँत जस्तो देखिने २ वटा, रौं १३ ओटा र ३ वटा नङ्ग्रा बरामद गरेको थियो ।

लामा वन्यजन्तुको शिकारीमा संलग्न रहेको प्रहरीको आशंका छ । लामालाई हातहतियार र वन्यजन्तु ओसारपसारविरुद्ध कारबाही हुने प्रहरी उपरीक्षक होबेन्द्र बोगटीले जानकारी दिए ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  १० : ५८ बजे

आफ्नो पक्षमा कति लाइक आउँछ भन्नेमा सरकार केन्द्रित भयो : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले विधि, प्रक्रिया र

बेपत्ता कर्मचारीमाथि कारबाही एक्सन सुरु, नार्कबाट सुरुवात

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले बेपत्ता रहेका कर्मचारी

भवनमै सीमित बैतडीको ट्रमा सेन्टर

दशरथचन्द– यहाँ निर्मित ट्रमा सेन्टर जनशक्ति अभावका कारण सञ्चालनमा आउन सकेको

‘१०० दिनमै सरकार उम्लियो, पाँच वर्षसम्ममा पोखिन्छ’

काठमाडौं– प्रतिनिधिसभामा प्रधानमन्त्री वालेन्द्र शाहले गत जेठ १७ गते नेपालले

‘सञ्चारसम्बन्धी कानुन, प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिताबारे राष्ट्रिय बहसको आवश्यकता’

काठमाडौं– नेपाल पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्माले सञ्चारसम्बन्धी कानुन, प्रेस