दुर्लभ वनस्पति संरक्षणमा समस्या « Khabarhub

दुर्लभ वनस्पति संरक्षणमा समस्या


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- नेपालमा मात्र पाइने दुर्लभ वनस्पतिको जीवित सङ्ग्रहालयका रूपमा रहेको ढकेरी वनस्पति उद्यान बजेट अभावका कारण सङ्कटमा परेको छ । सरकारले बजेट कटौती गरेपछि संरक्षणमा समस्या भएको वनस्पति अनुसन्धान केन्द्र नेपालगञ्जका प्रमुख वरिष्ठ वैज्ञानिक सुनीलकुमार आचार्यले बताए ।

‘सरकारले पर्याप्त बजेट विनियोजन नगर्दा उद्यानमा रहेका ४ सय प्रजातिका दुर्लभ वनस्पति संरक्षण गर्न समस्या भएको छ’, वरिष्ठ वैज्ञानिक आचार्यले भने । उनका अनुसार देशका विभिन्न स्थानबाट थरिथरि प्रजातिका वनस्पतिको अनुसन्धान गरी संरक्षण गर्न राप्तीसोनारी गाउँपालिका–९ ढकेरीमा रहेको वनस्पति उद्यानका लागि पर्याप्त बजेट विनियोजन नहुँदा समस्या भएको छ ।

रकम नभएपछि संरक्षणमा खटिने नर्सरी नाइकेको पारिश्रमिक कटौती गरेर काममा लगाइएको छ । वनस्पति अध्ययन, संरक्षण तथा उद्यान विकासका लागि चालू आर्थिक वर्षमा सङ्घीय सरकारले १२ लाख विनियोजन गरेको छ । गत आर्थिक वर्ष पाँच वटा कार्यक्रमअन्तर्गत झन्डै ३० क्रियाकलापका लागि रकम विनियोजन भएको थियो । यस वर्ष तीन वटा कार्यक्रमका लागि बजेट विनियोजन नगरिएको कार्यालय प्रमुख आचार्यले बताए ।

सरकारले वनस्पति संरक्षण तथा उद्यान विकासमा चासो नदिएको उनको गुनासो छ । सङ्घीय सरकारले वनस्पति संरक्षण र उद्यान विकासको रकम अनुसन्धान केन्द्र भवन निर्माणमा लगाएको छ ।

यसअघि जिल्ला वनस्पति कार्यालयले दुर्लभ, लोपोन्मुख तथा रैथाने वनस्पति प्रजातिको सङ्कलन, संरक्षण तथा व्यवस्थापन, स्वदेशी शोभनीय फूल, बिरुवाको अध्ययन, अनुसन्धान, ल्यान्डस्केप तथा जाति विशेष उद्यानको नियमित संरक्षण तथा व्यवस्थापन गर्दै आएको थियो । रकम कटौतीले यी कार्यक्रम प्रभावित भएको वरिष्ठ वैज्ञानिक आचार्यले बताउनुभयो । उहाँका अनुसार, वनस्पति अध्ययन, अनुसन्धान तथा बजारीकरण, नेपाल व्यापार एकीकृत रणनीति कार्यक्रम र राप्ती नदी प्रणाली संरक्षण कार्यक्रम यस वर्ष रोकिएका छन् ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  ९ : ०० बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले