२५ वर्षपछि मुस्ताङी राजाको अंश विवाद टुंगियो « Khabarhub

२५ वर्षपछि मुस्ताङी राजाको अंश विवाद टुंगियो


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऐतिहासिक मुस्ताङी राजा जिग्मे पलवर विष्ट अर्थाता अशोक विष्टको अंश सम्बन्धी विवाद २५ वर्षपछि टुंगिएको छ।

जिल्ला अदालत मुस्ताङका न्यायाधीश मनोज श्रेष्ठको इजलासले दुवै पक्षको संयुक्त मेलमिलापमा अंश मुद्दा टुंग्याएको हो । मुस्ताङी राजाको अंश सम्बन्धि मुद्दा २०५२ सालमा जिल्ला अदालत जोमसोममा दर्ता भएको थियो।

राजाको नाममा भएको चलअचल सम्पत्तीमा आफ्नो हिस्सा माग गर्दै राजा जिग्मे पलवरका माइला दाइ लामा थुक्देनकी कान्छी श्रीमती सोनाम छेन्जोम विष्टले मुद्दा दर्ता गराएकी थिइन्। तत्कालीन मुस्ताङी राजा आङगोई तेन्जिङ धन्डुल पलवर विष्टका ३ वटा छोरा मध्ये पछिल्ला मुस्ताङी राजा जिग्मे पलवर विष्ट कान्छा हुन् ।

कान्छा भाई अशोकका जेठा दाई आङगुन वाङ्दी न्याङ्वो पलवर विष्ट पहिल्यै स्वर्गारोहरण भएको र माइला दाई लामा आङ्गुन वाङ्दीको पनि २०१५ सालमा स्वर्गारोहरण भइसकेको थियो। राजपरिवारका माइला दाई वाङ्दीका २ वटी श्रीमती मध्ये एकको स्वर्गबास भइसकेको र अशं मागको मुद्दा दर्ता कान्छी श्रीमतीले गरेकी हुन् ।

तत्कालीन मुस्ताङी राजाको सम्पूर्ण जायजेथा भने कान्छा छोरा राजा जिग्मे पलवर विष्टको नाममा रहेको थियो। राजाको नाममा भएको अंश भागबण्डा दाजुभाईलाई नभएको मुद्दामा उल्लेख गरिएको छ। यही अंश मागको विवाद विगत २५ वर्ष सम्म लम्बिदा अन्ततः मिलापत्रमा टुंगिएको हो।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  ९ : ३० बजे

जनस्वास्थ्य संकट बन्दै विषालु च्याउः हरेक वर्ष कतिले गुमाउँछन् ज्यान ?

वर्षायाम सुरु भएसँगै आकाशबाट पानी पर्दा खेती किसानी गर्ने वर्गलाई

चितवनमा यसरी हुँदैछ रास्वपा महाधिवेशनको तयारी (तस्बिरहरू) 

काठमाडौं- चितवन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनको

लोप हुँदै थारु समुदायको ‘ढकिया’

तुलसीपुर– थारु समुदायको पहिचानका रूपमा रहेको ढकिया लोप हुने अवस्थामा

सत्तरी हजार गाईभैँसीलाई खोरेतविरुद्धको खोप

चितवन– यहाँका किसानले पालेका ७० हजार पशुचौपायालाई खोरेतविरुद्धको खोप लगाइएको

रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि