२५ वर्षपछि मुस्ताङी राजाको अंश विवाद टुंगियो « Khabarhub

२५ वर्षपछि मुस्ताङी राजाको अंश विवाद टुंगियो


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऐतिहासिक मुस्ताङी राजा जिग्मे पलवर विष्ट अर्थाता अशोक विष्टको अंश सम्बन्धी विवाद २५ वर्षपछि टुंगिएको छ।

जिल्ला अदालत मुस्ताङका न्यायाधीश मनोज श्रेष्ठको इजलासले दुवै पक्षको संयुक्त मेलमिलापमा अंश मुद्दा टुंग्याएको हो । मुस्ताङी राजाको अंश सम्बन्धि मुद्दा २०५२ सालमा जिल्ला अदालत जोमसोममा दर्ता भएको थियो।

राजाको नाममा भएको चलअचल सम्पत्तीमा आफ्नो हिस्सा माग गर्दै राजा जिग्मे पलवरका माइला दाइ लामा थुक्देनकी कान्छी श्रीमती सोनाम छेन्जोम विष्टले मुद्दा दर्ता गराएकी थिइन्। तत्कालीन मुस्ताङी राजा आङगोई तेन्जिङ धन्डुल पलवर विष्टका ३ वटा छोरा मध्ये पछिल्ला मुस्ताङी राजा जिग्मे पलवर विष्ट कान्छा हुन् ।

कान्छा भाई अशोकका जेठा दाई आङगुन वाङ्दी न्याङ्वो पलवर विष्ट पहिल्यै स्वर्गारोहरण भएको र माइला दाई लामा आङ्गुन वाङ्दीको पनि २०१५ सालमा स्वर्गारोहरण भइसकेको थियो। राजपरिवारका माइला दाई वाङ्दीका २ वटी श्रीमती मध्ये एकको स्वर्गबास भइसकेको र अशं मागको मुद्दा दर्ता कान्छी श्रीमतीले गरेकी हुन् ।

तत्कालीन मुस्ताङी राजाको सम्पूर्ण जायजेथा भने कान्छा छोरा राजा जिग्मे पलवर विष्टको नाममा रहेको थियो। राजाको नाममा भएको अंश भागबण्डा दाजुभाईलाई नभएको मुद्दामा उल्लेख गरिएको छ। यही अंश मागको विवाद विगत २५ वर्ष सम्म लम्बिदा अन्ततः मिलापत्रमा टुंगिएको हो।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  ९ : ३० बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले