भारतको गौरीकुण्डमा पहिरो : तीन जनाको मृत्यु, १३ नेपालीसहित १९ जना बेपत्ता « Khabarhub

भारतको गौरीकुण्डमा पहिरो : तीन जनाको मृत्यु, १३ नेपालीसहित १९ जना बेपत्ता


२० श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतको केदारनाथ धामको गौरीकुण्डमा गएको पहिरोमा परेर तीन जना नेपालीको मृत्यु भएको छ। पहिरोमा परेर नेपाली १३ जनासहित १९ जना बेपत्ता भएका छन्। लगातारको वर्षाका कारण चट्टान खसेको जानकारी राति पाएपछि उद्धारको लागि टोली प्रभावित क्षेत्रमा पुगे पनि अध्यारोका कारण उद्धारमा कठिनाइ भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

गृह मन्त्रालयले भारतको उत्तराखण्ड राज्यमा गएको पहिरोमा परी बेपत्ता भएका नेपालीको खोजी तथा उद्धारका लागि आवश्यक समन्वय गर्न परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ।

‘केदारनाथ यात्रा मार्ग गौरीकुण्ड डाटपुलिया नजिक भएको बाढी पहिरोमा परी नेपालीहरूसमेत बेपत्ता भएको भन्ने समाचार प्रकाशित भएकाले निजको खोज तथा उद्धारको सम्बन्धमा भारत सरकारसँग आवश्यक समन्वय हुन आदेशअनुसार अनुरोध छ,’ गृहले लेखेको पत्रमा भनिएको छ।

स्थानीय समयअनुसार राति साढे ११ बजेतिर पहिरो गएको जनाएको छ। सो अनलाइनमा बेपत्ता रहेकामा १३ जना नेपाली नागरिक, तीन जना स्थानीय र बाँकी भारतको अन्य राज्यका मानिस भएको जनाएको छ।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  ६ : ०८ बजे

प्रारम्भिक मतगणना : ५५ मतले पछि परे सुरेन्द्र पाण्डे

काठमाडौं– मतगणनाको अद्यावधिक विवरणअनुसार एमाले महासचिवमा शंकर पोखरेलको अग्रता बढेको

सचिव पदको लोकप्रिय मतमा महेश र छविलालको प्रतिस्पर्धा

काठमाडौं- एमालेको ११औँ महाधिवेशनमा सचिव पदमा भएको मतगणनाको अद्यावधिक विवरणअनुसार

उपमहासचिवमा उम्मेदवारी फिर्ता लिएका गौतमको २६ मत

काठमाडौं– उपमहासचिव पदबाट उम्मेदवारी फिर्ता लिएका राजेन्द्र प्रसाद गौतमले २६

केपी ओली र शंकर पोखरेल दुवैले बढाए अग्रता

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत बिहीबार बिहान जारी

एमाले महाधिवेशनको प्रारम्भिक नतिजा : सचिवतर्फ पद्मा अर्याललाई बढी मत, अरुको कति ?

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशनको मतगणना जारी रहँदा सचिवतर्फ प्रारम्भिक