फिफा महिला विश्वकपमा आजदेखि प्रि–क्वाटरफाइनलका खेल हुँदै « Khabarhub

फिफा महिला विश्वकपमा आजदेखि प्रि–क्वाटरफाइनलका खेल हुँदै


२० श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


405
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिफा महिला विश्वकप फुटबल अन्तर्गत आजदेखि प्रि-क्वाटरफाइनल (अन्तिम १६)का खेल सुरु हुँदै छन् ।

प्रि–क्वाटरफाइनलमा आज दुईवटा खेल हुने छन् । आज स्विट्जरल्याण्ड र स्पेन तथा जापान र नर्वेबीच प्रतिस्पर्धा हुनेछ ।

स्विट्जरल्याण्ड र स्पेनबीचको खेल नेपाली समय अनुसार बिहान पौने ११ बजे हुनेछ । समूह ‘ए’बाट स्विट्जरल्याण्ड समूह विजेता बन्दा स्पेन समूह ‘सी’ को उपविजेता बनेको थियो । 

यस्तै आजै हुने अर्को खेलमा दिउँसो पौने २ बजे जापान र नर्वे आमनेसामने हुनेछन् । जापान समूह ‘सी’को विजेता हो भने नर्वे समूह ‘ए’ को उपविजेता हो ।

न्युजिल्याण्ड र अष्ट्रेलियामा जारी महिला विश्वकप फुटबलमा ३२ देश सहभागी छन् । प्रतियोगिता अगस्ट २० सम्म चल्ने छ ।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  ६ : ५४ बजे

मनमोहक तनहुँको ‘दुबुङ गाउँ’

तनहुँ–  विगतमा पुरानो क्षेत्र तनहुँको ऋषिङको विकट क्षेत्रको रुपमा परिचित

मेचीनगरका माध्यमिक विद्यालयमा लैङ्गिक हिंसाविरुद्ध अभियान

झापा– लैङ्गिक हिंसा रोकथामका लागि मेचीनगर नगरपालिकाले दश वटा माध्यमिक

कृषि मन्त्रालयद्वारा बिउबिजन र कृषि उपजको नयाँ बिक्री मूल्य निर्धारण

काठमाडौं– कृषि तथा पशुपक्षी विकास मन्त्रालयले बिउबिजन, बाली र कृषि

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।

अरनिको राजमार्ग : साँगा–धुलिखेल सडक स्तरोन्नति तीव्र

काभ्रे– अरनिको राजमार्गको सूर्यबिनायक–धुलिखेल सडकखण्डअन्तर्गत पहिलो खण्ड साँगा–धुलिखेल सडकको स्तरोन्नति