लम्पी स्किनबाट खोटाङमा ७३६ पशु मरे | Khabarhub Khabarhub

लम्पी स्किनबाट खोटाङमा ७३६ पशु मरे


२० श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

खोटाङ– देशभर महामारीका रुपमा फैलिएको लम्पी स्किन रोगले खोटाङमा ७३६ वटा चौपाया मरेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ५५, हलेसी तुवाचुङ नगरपालिकामा २६, खोटेहाङ गाउँपालिकामा ४०, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा दुई सय ७२, केपिलासगढी गाउँपालिकामा ४५, ऐसेलुखर्क गाउँपालिकामा ५२, बराहपोखरी गाउँपालिकामा ७६, जन्तेढुङ्गा गाउँपालिकमा २१, रावाबेँसी गाउँपालिकामा ८४ र साकेला गाउँपालिकामा ६५ वटा पशु चौपाया लम्पी स्किन रोगले मरेको पाइएको हो ।

कृषकले पालेका पशुचौपायमा गत चैत पहिलो साता लम्पी स्किन रोगको लक्षण भेटिएको जिल्लामा चार सय ३१ वटा पशुमा रोगको प्रकोप देखिएको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र उदयपुरको सम्पर्क कार्यालय खोटाङले दिएको विवरणमा उल्लेख छ ।

दश स्थानीय तह रहेको जिल्लामा पछिल्लो समय भैँसीमा समेत लम्पी स्किन रोगको लक्षण देखिएको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र उदयपुरको सम्पर्क कार्यालय खोटाङका सम्पर्क अधिकृत चन्द्रकिशोर यादवले जानकारी दिए ।

पछिल्लो एक हप्ताको अवधिमा १४ वटा भैँसीमा लम्पी स्किन रोगको प्रकोप देखिएको जिल्लामा एउटाको मृत्यु भएको जनाइएको छ । पशु विशेषज्ञहरुका अनुसार पशुमा एक सय पाँच डिग्रीसम्मको ज्वरो आउनु, शरीरको विभिन्न ठाउँमा फोकाहरु आउनु, मुखबाट र्याल काढ्नु, सिगाँन बग्नु, दुईचार दिनपछि फोका फुटेर रगत आउनु, खुट्टा सुन्निनु, घाँटी सुन्निनु लम्पी स्किन रोगका लक्षणहरु हुन् ।

मुख्यगरी खेतबारी जोत्न र प्राङ्गारिक मल उत्पादनका लागि जिल्लाका किसानले पालेका चौपायामा फैलिएको लम्पी स्किन रोग नियन्त्रणमा कसैको ध्यान नपुगेको जिल्लाबासीको आरोप छ ।

महामारीका रुपमा फैलिएको लम्पी स्किन रोगका कारण जिल्लाका कतिपय कृषकको गोठ नै रित्तिएको पाइएको छ । लम्पी स्किन रोगविरुद्धको खोप र औषधि किन्न उद्योग, कृषि तथा सहकारी मन्त्रालयले गत असार २४ गते प्रत्येक स्थानीय तहलाई एक लाखका दरले बजेट उपलब्ध गराएको थियो ।

देशभर महामारीका रुपमा फैलिएको लम्पी स्किन रोग नियन्त्रण गर्ने उद्देश्यले अतिप्रभावित क्षेत्रमा तत्काल खोप तथा औषधि उपलब्ध गराउन भन्दै मन्त्रालयले सात सय ५३ वटै स्थानीय तहको खातामा रकम उपलब्ध गराएको हो ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका तथा साकेला र रावाबेँसी गाउँपालिकाले मात्रै मन्त्रालयले उपलब्ध गराएको उक्त निकाल्न सफल भएको पाइएको छ । असार २५ गतेदेखि देशभर एकैसाथ आर्थिक बारोबारसम्बन्धी सर्भर बन्द भएका कारण जिल्लाका अन्य स्थानीय तहले उक्त रकम निकासा गर्न नपाएको जनाइएको छ ।

लम्पी स्किन रोगको महामारीले गोरु बिरामी हुँदा र मर्दा खोटाङमा रोपाइँसमेत प्रभावित भएको किसानहरुले बताएका छन् । खेत तथा बारी जोत्ने प्रविधि (हाते ट्र्याक्टर) कममात्र भित्रिएको जिल्लाका अधिकांश कृषकले आफैँले पालेका हलगोरु प्रयोग गरेर खेत तथा बारी जोत्दै आएका छन् ।

लम्पी स्किन रोग नियन्त्रणका लागि स्थानीय तहले निःशुल्क वितरण गर्न पठाएको औषधिसमेत प्राविधिकहरुले शुल्क लिएर कृषकलाई बेच्ने गरेको समाचार स्रोतले बताएको छ । लम्पी स्किन रोग पीडित कृषकका लागि निःशुल्क वितरण गर्न पठाइएको औषधि प्राविधिकहरुले शुल्क लिएर बिक्री गर्ने गरेका बारेमा अहिलेसम्म कसैबाट पनि गुनासो नआएको पशु शाखाप्रमुखहरुले बताएका छन् ।

नेपाल सरकारले कृषिमा आत्मनिर्भर हुन र स्वरोजगारी सिर्जना गर्ने उद्देश्यले बीमा शुल्कमा ७५ प्रतिशत अनुदान दिने नीति लिएको छ । नेपालमा बीमा समितिबाट विसं २०६९ माघ १ गतेदेखि औपचारिक रुपमा बाली तथा पशुपक्षी बीमा निर्देशिका, २०६९ जारी भई बाली तथा पशुपन्छी बीमाको सुरुआत भए पनि जिल्लामा प्रभावकारी रुपमा कार्यान्वयन भएको छैन ।

विसं २०७० साउन १ गतेदेखि नेपाल सरकारले बाली तथा पशुपन्छी बीमाको प्रिमियममा ५० प्रतिशत अनुदान उपलब्ध गराउने निर्णय गरेको थियो । नेपाल सरकारले लागू गरेको पशुपन्छी बीमा कार्यक्रम पाउनुभन्दा धाउनु बढी भएकाले जिल्लामा प्रभावकारी रुपमा कार्यान्वयन हुन नसकेको कृषकले बताउने गरेका छन् ।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  ७ : ४८ बजे

शाह वंशीय सामन्ती व्यवस्था मुलुकको अग्रगतिमा तगारो बन्यो : प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अस्थिरताका कारण सिर्जित निराशालाई

निजामती सेवा विधेयकमा थप छलफल गर्न गृहमन्त्रीले मागे ५-६ दिनको समय

काठमाडौं- गृहमन्त्री रमेश लेखकले निजामती विधेयकमा असहमति देखिएका विषयमा छलफल

सगरमाथा संवादका लागि भारतले दियो १५ वटा सवारी साधन 

काठमाडौं– नेपाल सरकारले आयोजना गर्न लागेको सगरमाथा संवादको पहिलो संस्करणका

इजरायल–प्यालेस्टाइन युद्धमा पत्रकार मारिएकोप्रति प्रेस युनियनबाट दुःख व्यक्त

पोखरा– नेपाल प्रेस युनियनले गरेको लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिटका क्रममा

देशका १४ स्थानबाट ब्राउनसुगरसहित प्रयोगकर्ता पक्राउ

काठमाडौं – प्रहरीले देशका विभिन्न स्थानबाट १४ जना लागूऔषध प्रयोगकर्तालाई