‘भक्तपुरको पोखरी चिनौँ, सम्पदा संरक्षणमा अघि बढौँ’ पदयात्रा आज | Khabarhub Khabarhub

‘भक्तपुरको पोखरी चिनौँ, सम्पदा संरक्षणमा अघि बढौँ’ पदयात्रा आज


२० श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुर नगरपालिकाको आयोजनामा आज ‘भक्तपुरको पोखरी चिनौँ, सम्पदा संरक्षणमा अघि बढौँ’ भन्ने नाराका साथ सांस्कृतिक सम्पदा पदयात्रा हुने भएको छ ।

ऐतिहासिक एवम् सांस्कृतिक नगरी भक्तपुरको भ्रमणमा आउने आन्तरिक एवं बाह्य पर्यटकहरूलाई नगरका विभिन्न स्थानमा छरिएर रहेका सम्पदाहरू   (विशेष गरी पोखरीहरु) बारे परिचित गराउने र सम्पदा संरक्षण कार्यमा उत्साहित गर्ने उद्देश्यले उक्त कार्यक्रम हुने लागेको नगरपालिकाको सूचनामा प्रकाशित छ ।

पर्यटन प्रवर्द्धनको लागि हुने सांस्कृतिक सम्पदा पदयात्रामा सरोकारवाला सबै पक्ष तथा नगरवासीहरूमा नगरपालिकाले उपस्थितिको लागि अनुरोध समेत गरेको छ । 

पदयात्रा भक्तपुर नगरपालिका वडा नं ९ स्थित लामग पुखु (पोखरी) बाट सुरु हुने जनाइएको छ । पदयात्राको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उदघाटन गर्ने कार्यक्रम रहेको छ । त्यसपछि प्रमुखसहितको टोली पोखरीको परिक्रमामा जाने कार्यक्रम तालिका छ । 

टोलीले नगरभरिका वडा नम्बर १ देखि १० सम्म रहेको विभिन्न पोखरीहरुको पैदल यात्राबाट भ्रमण गरिने छ । पदयात्रा भक्तपुर नगरपालिका वडा नम्बर १ स्थित न्हुः पुखु (रानी पोखरी) सल्लाघारीमा सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा कार्यक्रम समापन गरिने जनाएको छ । 

यसबीचमा विभिन्न साँंस्कृतिक प्रदर्शनी गरिने पनि जनाएको छ । साथै विभिन्न नेवारी परिकाहरु पनि खान पाइने जनाएको छ । साथै नेवार समुदायमा प्रचलित झ्व भ्यव (लहरै बसेर खाने भोज) पनि खाने कार्यक्रम तालिका बनाइएको छ ।

सांस्कृतिक गतिविधि र स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ठाउँ–ठाउँमा सांस्कृतिक प्रदर्शनी, खाद्य स्टल तथा मौलिक उत्पादनहरूको प्रदर्शनी तथा बिक्री केन्द्रहरूसमेत राखिने भएको छ । 

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  ११ : २९ बजे

गाई तिहार र लक्ष्मी पूजा किन मनाइन्छ ?

काठमाडौं – नेपालको महत्त्वपूर्ण र उज्यालो पर्व तिहारको तेस्रो दिन

जलेको घरबाट पूर्व ऊर्जामन्त्री खड्काको प्रश्न : म देश छोडेर किन भाग्ने ?

काठमाडौं – पूर्व ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले आफ्नो

मेची भन्सारः तीन महिनामा चार अर्ब १५ करोड राजस्व सङ्कलन

झापा – मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८२र८३ को प्रथम

रूसका लागि लडिरहेका माओवादी पूर्वलडाकु बने सेक्सन कमान्डर

काठमाडौं – म्याग्दीका पूर्वमाओवादी लडाकु डाइमण्ड सी रूसी सेनाको सेक्सन

चीन जाने तेक्वान्दो टोलीको बिदाइ

काठमाडौं – चीन जाने नेपालको तेक्वान्दो टोलीको बिदाइ भएको छ।