‘भक्तपुरको पोखरी चिनौँ, सम्पदा संरक्षणमा अघि बढौँ’ पदयात्रा आज « Khabarhub

‘भक्तपुरको पोखरी चिनौँ, सम्पदा संरक्षणमा अघि बढौँ’ पदयात्रा आज


२० श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुर नगरपालिकाको आयोजनामा आज ‘भक्तपुरको पोखरी चिनौँ, सम्पदा संरक्षणमा अघि बढौँ’ भन्ने नाराका साथ सांस्कृतिक सम्पदा पदयात्रा हुने भएको छ ।

ऐतिहासिक एवम् सांस्कृतिक नगरी भक्तपुरको भ्रमणमा आउने आन्तरिक एवं बाह्य पर्यटकहरूलाई नगरका विभिन्न स्थानमा छरिएर रहेका सम्पदाहरू   (विशेष गरी पोखरीहरु) बारे परिचित गराउने र सम्पदा संरक्षण कार्यमा उत्साहित गर्ने उद्देश्यले उक्त कार्यक्रम हुने लागेको नगरपालिकाको सूचनामा प्रकाशित छ ।

पर्यटन प्रवर्द्धनको लागि हुने सांस्कृतिक सम्पदा पदयात्रामा सरोकारवाला सबै पक्ष तथा नगरवासीहरूमा नगरपालिकाले उपस्थितिको लागि अनुरोध समेत गरेको छ । 

पदयात्रा भक्तपुर नगरपालिका वडा नं ९ स्थित लामग पुखु (पोखरी) बाट सुरु हुने जनाइएको छ । पदयात्राको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उदघाटन गर्ने कार्यक्रम रहेको छ । त्यसपछि प्रमुखसहितको टोली पोखरीको परिक्रमामा जाने कार्यक्रम तालिका छ । 

टोलीले नगरभरिका वडा नम्बर १ देखि १० सम्म रहेको विभिन्न पोखरीहरुको पैदल यात्राबाट भ्रमण गरिने छ । पदयात्रा भक्तपुर नगरपालिका वडा नम्बर १ स्थित न्हुः पुखु (रानी पोखरी) सल्लाघारीमा सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा कार्यक्रम समापन गरिने जनाएको छ । 

यसबीचमा विभिन्न साँंस्कृतिक प्रदर्शनी गरिने पनि जनाएको छ । साथै विभिन्न नेवारी परिकाहरु पनि खान पाइने जनाएको छ । साथै नेवार समुदायमा प्रचलित झ्व भ्यव (लहरै बसेर खाने भोज) पनि खाने कार्यक्रम तालिका बनाइएको छ ।

सांस्कृतिक गतिविधि र स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ठाउँ–ठाउँमा सांस्कृतिक प्रदर्शनी, खाद्य स्टल तथा मौलिक उत्पादनहरूको प्रदर्शनी तथा बिक्री केन्द्रहरूसमेत राखिने भएको छ । 

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  ११ : २९ बजे

डाँडाखेत–राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण

म्याग्दी– नेपाल विद्युत् प्राधिकरणद्वारा यहाँ निर्माणाधीन १३२ केभी क्षमताको डाँडाखेत–राहुघाट

विश्वमा एक करोड सात लाखमा सक्रिय क्षयरोगी, नेपालका ४२ प्रतिशत उपचार बाहिर

भक्तपुर– ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौंः राष्ट्रिय अभियान, हाम्रो

चार महिनादेखि तिला गाउँपालिका प्रमुख प्रशासकीय विहीन

जुम्ला– यहाँको तिला गाउँपालिका चार महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको

धमाधम भत्काउन थालियो बुढानीलकण्ठस्थित देउवा निवास (तस्बिरहरू)

काठमाडौं– भाद्र २३ र २४ गतेको जेन जी प्रदर्शनीका क्रममा

काम नगर्ने ठेकेदारलाई कारबाही अघि बढायो टेम्केमैयुङले

भोजपुर– यहाँको टेम्केमैयुङ गाउँपालिकाले ठेक्का सम्झौताअनुसार निर्माण नगर्ने ठेकेदारलाई कारबाही