गुरुहरुका गुरुबाट भक्तपुरका वैद्य सम्मानित  « Khabarhub

गुरुहरुका गुरुबाट भक्तपुरका वैद्य सम्मानित 


२० श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– गुरुहरूका गुरुका रुपमा देश विदेशसम्म शिक्षक, शिक्षा, र समग्र शिक्षा प्रणालीको ज्योति फैलाउन प्रतिवद्ध भएको भन्दै भक्तपुरका शिक्षाविद् प्राध्यापक पृथ्युचरण वैद्यलाई सम्मान गरिएको छ ।

नेपालको शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुऱ्याएका भक्तपुरका शिक्षाविद् प्राध्यापक खाद्यलाई घरमै पुगेर सम्मान गरिएको छ । नेपाल शिक्षाशास्त्री समाजले वैद्यको घर भक्तपुर पुगेर सम्मानपत्र वितरण गरेका हुन् । पोखरा विश्वविद्यालयका उपकुलपति एव समाजका अध्यक्ष प्रा.डा प्रेमनारायण अर्याल, प्रा.डा तीर्थराज पराजुली र अर्का प्रा.डा बासुदेव काफ्लेले संयुक्त रुपमा सम्मानपत्र वितरण गरेका हुन् । 

प्राध्यापक वैद्य उमेरका कारण हाल घर बाहिर निस्कन सक्नुहुन्न । यही कारण उनलाई घरमै पुगेर सम्मानपत्र वितरण गरिएको हो । प्राध्यापक वैद्यको जन्म १९४० विक्रम सम्वत्मा भक्तपुरमा भएको थियो । 

विक्रम सम्वत् २०२० सालदेखि शिक्षा क्षेत्रमा समर्पित भएर लागेका उनी जीवनको सम्पूर्ण समय शिक्षा क्षेत्रमै समर्पित थिए । उनी त्रिभुवन विश्वविद्यालय शिक्षाशाश्त्रको डीन हुँंदै विक्रम सम्वत् २०६० सालमा सेवा निवृत भएका थिए ।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  १२ : २९ बजे

बागमती प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर– बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन

विश्वकपको पुरस्कार राशि बढ्यो : विश्व विजेताले कति रकम पाउँछ ?

काठमाडौं – विश्वकप फुटबलको पुरस्कार राशि बढेको छ। फिफाले अमेरिका,

एमाले महाधिवेशन : विद्युतीय मेसिनमा सुस्त मतदान, दुई हजार मत खस्यो

काठमाडौं – नेकपा (एमाले)को ११ औं महाधिवेशनको मतदान जारी छ

निर्वाचन ७७ दिन बाँकीः नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक

काठमाडौं – निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर