राष्ट्र हित विपरितका विषयमा कसैसंग सहकार्य गर्न सकिँदैन : ओली « Khabarhub

राष्ट्र हित विपरितका विषयमा कसैसंग सहकार्य गर्न सकिँदैन : ओली


२० श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हित विपरितका विषयमा कसैसंग सहकार्य गर्न नसकिने स्पष्ट पारेका छन् ।

एमाले परराष्ट्र मामिला विभागले शनिबार काठमाडौंमा आयोजना गरेको वर्तमान अन्तराष्ट्रिय परिस्थिति र नेपालको परराष्ट्र नीति सम्बन्धी एमालेको धारणा विषयक कार्यक्रममा ओलीले राष्ट्रिय हितका लागि सरकार वा अन्य कुनै दलले ल्याएको कुरालाई समर्थन गर्न सकिने भएपनि राष्ट्रिय हित विपरीतका विषयमा सहकार्य गर्न नसकिने स्पष्ट पारे ।

उनले राष्ट्रिय हितका विषयमा एकजुट हुनुपर्नेमा आफूहरूको जोड रहेपनि सरकारले छिमेकी लगायत अन्य मुलुकसँग गरेको सम्झौता जानकारी नै नहुने बताए । ओलीले भारतले विवादीत बनाउन खोजेको सीमा, इपिजी प्रतिवेदन लगायतका विषयमा प्रधानमन्त्रीको भारत भ्रमणका बेला कुनै टुङ्गो लाग्न नसकेको जिकिर गरे ।

नेपाली आवश्यकता र भावना अनुसार न्यायोचित विषयमा प्रधानमन्त्रीको भारत भ्रमण कमजोर रहेको भन्दै उनले केवल सत्ता स्वार्थ प्रधान भएको बताए । त्यस्तै उनले रुस–युक्रेन युद्धमा नेपाल शान्तिका पक्षधर भएकाले तटस्थ बस्नुपर्ने बताए ।

ओलीले व्यक्तिगत र देशको इगोले गर्दा सार्क अशक्त तथा निरीह भएर निष्प्रभावी हुन पुगेको टिप्पणी गरे । 

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  ४ : १३ बजे

नेसनल मेडिकल कलेजका आवासीय चिकित्सकको आन्दोलनबारे संघद्वारा प्रधानमन्त्रीलाई पत्र

काठमाडौं– नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत प्रथम वर्षका आवासीय

मधेस प्रदेशको पहिलो पेफा मूल्याङ्कन प्रतिवेदन सार्वजनिक, समग्र प्राप्ताङ्क ‘डी प्लस’

काठमाडौं– मधेस प्रदेश सरकारले प्रदेशको सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीको मूल्याङ्कन

टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो

काठमाडौं– रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन

बाढीपहिरोले राष्ट्रिय विद्युत् प्रणालीमा १ हजार मेगावाट उत्पादन अवरुद्ध : ऊर्जामन्त्री

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले यस वर्षको बाढी

प्रसाईं पक्राउबारे ज्ञानेन्द्र शाही : जिबीलाई पक्रेको भए जनताको ९ अर्ब फिर्ता हुन्थ्यो

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले