पार्टीका अग्रज नेताहरूका बारे जन-मानसमा जानकारी गराउनुपर्छ : सभापति देउवा  « Khabarhub

पार्टीका अग्रज नेताहरूका बारे जन-मानसमा जानकारी गराउनुपर्छ : सभापति देउवा 


२० श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पार्टीका अग्रज नेताहरूका बारेमा जन-मानसमा जानकारी गराउनुपर्नेमा जोड दिएका छन् ।

सूर्यप्रसाद उपाध्याय स्मृति प्रतिष्ठानले कांग्रेसका संस्थापक महामन्त्री स्वर्गीय सूर्यप्रसाद उपाध्यायको ३९ औं स्मृति सप्ताहको अवसरमा शनिबार काठमाडौंमा आयोजना गरेको सभामा सभापति देउवाले मुलुकको परिवर्तन र पार्टी स्थापनामा भूमिका खेलेका अग्रज नेताहरूको बारेमा अध्ययन र अनुसन्धान गरि जनमानसमा जानकारी गराउनुपर्नेमा जोड दिएका हुन् ।

सभापति देउवाले पुराना नेता सूर्यप्रसाद उपाध्यायलाई पहिलो पङ्क्तिको स्मरणीय नेताका रुपमा पुनर्स्थापित गर्दै शीर्षस्थ नेताका रुपमा उपाध्यायको तस्बिर पार्टी कार्यालयमा राख्ने निर्णयले आफूलाई खुसी लागेको धारणा राखे । उनले विना कारण सूर्यप्रसाद उपाध्यायमाथि अन्याय हुन पुगेको भन्दै अहिले पार्टीले न्याय गरेको जिकिर गरे ।

देउवाले पार्टी निर्माणमा सूर्यप्रसाद उपाध्यायले लोकतान्त्रिक आन्दोलनमा गरेको योगदानको स्मरण गरेका थिए ।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  ५ : ४५ बजे

शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्री एवं मङ्गोलियन चेस

उपनिर्वाचनमा भाजपालाई धक्का : अध्यक्ष नीतिन नविनकै क्षेत्रमा जनसुरजका प्रशान्त किशोरको अग्रता

पटना- भारतका बिहार, मध्य प्रदेश र गुजरातका तीन विधानसभा क्षेत्रमा

पलको ‘आबाट आमा‘लाई उछिन्न सफल ‘गौँथली’, बन्यो सर्वाधिक व्यापार गर्ने १२ औँ फिल्म

काठमाडौं – डा. कपिल रिजालको निर्देशनमा बनेको फिल्म ‘गौँथली’ले कीर्तिमानी

कोशीका प्रदेशसभा सदस्यहरूलाई ओलीको फोन : एउटै व्यक्तिलाई कति पद दिइरहने ?

काठमाडौं- कोशी प्रदेश सरकारलाई लिएर नेकपा एमालेभित्रको विवाद पेचिलो बन्दै

‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली

सुदूरपश्चिम– धनगढी उपमहानगरपालिकाले ‘पेपरलेस धनगढी’ को अवधारणा कार्यान्वयन गर्न ‘एकीकृत