‘सुन तस्करी प्रकरणमा सरकारले जात्रा देखायो’ « Khabarhub

‘सुन तस्करी प्रकरणमा सरकारले जात्रा देखायो’


२० श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु घिमिरेले एक सय किलो सुन तस्करी प्रकरणमा सरकारले जात्रामात्रै देखाएको आरोप लगाएका छन्। सरकारले अहिलेसम्मका विभिन्न काण्ड तथा प्रकरणमा जनताको विश्वास जित्ने गरी काम गर्न नसकेको उनको आरोप छ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता घिमिरेले सुन तस्करी, ललिता निवास, भुटानी शरणार्थी प्रकरणका फाइल खोल्ने काम मात्रै गर्न नहुने बताए।  यस्ता प्रकरणमा सरकारले जात्रा देखाउने काममात्र नगरेर टुंगोमा पुग्ने गरी काम गर्नु पर्ने बताए। 

७ सय ५३ वटा सरकार, ७ सरकार र केन्द्रीय सरकार यति धेरै सरकार भएका देशमा भ्रष्टाचार बढ्नु र जनताले सरकार नै नभएको महसुस गर्नु चिन्ताको विषय भएको बताए।

‘स्वास्थ्य सेवा विभागले ३ सय ४५ करोडको सामान खरिद गरेको रहेछ गत वर्ष त्यसमा झन्डै २ सय करोड जति भ्रष्टाचार हुने किनभने ५ लाख पर्ने सामान १८ लाखको दरले किनिएको छ । यसमा ६० प्रतिशतभन्दा बढि भ्रष्टाचार भएको छ । औषधि माफियासँग मिलेर बिल तयार गरिने रहेछ,’ उनले भने।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  ५ : ५५ बजे

‘कांग्रेस फुट्ने कि जुट्ने देउवाले बोलेपछि स्पष्ट हुन्छ‘

काठमाडौं – नेपाली कांग्रेस फुट्ने वा नफुट्ने विषय पूर्वसभापति शेरबहादुर

बडीमालिकामा हेलिकप्टरबाट सञ्चार उपकरण ढुवानी

काठमाडौं–  हेलिकप्टरबाट सञ्चार उपकरण ढुवानी गरिएको छ । नेपाल टेलिकमले

ट्रम्पले स्वीकारे : इरानको डरले खाना ओसार्ने क्याटरिङ ट्रक चढेर अर्को विमानमा सरेँ

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना टर्किएमा इरानबाट सुरक्षा

महेश बर्तौलाको टिप्पणी : चार महिनामै गणपूरक संख्या नपुग्नु ‘भयंकर संसदीय लज्जा’

काठमाडौं- नेकपा एमालेका पूर्वप्रमुख सचेतक एवम् नेता महेश बर्तौलाले नयाँ

स्थानीय तह निर्वाचन केन्द्रित गतिविधिमा जुट्यो रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित