राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरोलोजी सेवा सुरु « Khabarhub

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरोलोजी सेवा सुरु


२१ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

दाङ- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरोलोजी सेवा सुरु गरिएको छ । युरोलोजिष्ट सर्जन डा प्रबोध रेग्मीले सो सेवा दिने प्रतिष्ठानका डेपुटी रजिस्ट्रार झङ्कार लामिछानेले जानकारी दिए ।

युरोलोजी सेवाअन्तर्गत पिसाबसम्बन्धी सबै, प्रोष्टेड र मिर्गौलामा भएको पत्थरी, पिसाबको नली, पित्तथैलीको पत्थरी, अण्डकोषमा मासु पलाएको, सुन्निएको, पिसाब पोल्ने, चुहिने लगायतका विभिन्न सेवा बिरामीले प्राप्त गर्नसक्ने छन् ।

अस्पतालका निमित्त निर्देशक तथा ज्येष्ठ नागरिक रोग विशेषज्ञ डा रमेश कँडेलका अनुसार युरोलोजी सेवा थप भएको जनाउँदै अब बिरामीले स्थानीयस्तरमै सहजरुपमा विशेषज्ञ सेवा प्राप्त गर्न सक्नेछन् । युरोलोजिष्ट चिकित्सक रेग्मी आजदेखि सो अस्पतालमा हाजिर भइसकेका छन् ।

डा रेग्मीले लामो समयदेखि युरोलोजी सेवा दिँदै आएका छन् । डा रेग्मीलाई प्रतिष्ठानका शिक्षाध्यक्ष डा वसन्त लामिछाने, अस्पतालका निमित्त निर्देशक डा कँडेल, सहायक निर्देशक डा एन्जिलिका कार्की, अस्पताल प्रशासक लामिछानेसहित चिकित्सक र कर्मचारीले आज एक कार्यक्रबीच स्वागत गरेका हुन् ।

त्यस्तै, एमजिडिपिमा प्रोफेसर डा नारायणसिंह गुरुङ र सर्जरीमा एशोसियट प्रोफेसर डा सूर्यमान गुरुङले पनि सेवा सुरु गरेका छन् ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  ३ : ०४ बजे

तनहुँमा निर्वाचनका लागि दुई हजार कर्मचारी परिचालन हुँदै

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

कमला नदीमा अस्थायी ‘डाइभर्सन’ निर्माण

सिरहा– हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा सिमानामा पर्ने कमला नदीमा

च्याम्पियन्स लिग : रियल मड्रिडमाथि बेन्फिकाको शानदार जित

काठमाडौं – च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको महत्त्वपूर्ण खेलमा रियल

सिरियाली नेता अल-शारा र पुटिनबीच भेटवार्ता: सैन्य अखडाबारे सहमति

मस्को – सिरियाली राष्ट्रपति अहमद अल–शाराले बुधबार मस्कोमा रूसी नेता

भारतमाथि न्युजिल्यान्डले निकाल्यो ५० रनको जित

काठमाडौं – टी-२० शृङ्खलाको चौथो खेलमा न्युजिल्यान्डले भारतमाथि जित निकालेको