मालपोत कार्यालय जुम्लाद्वारा एक करोड ८१ लाख रुपैयाँ राजस्व सङ्कलन « Khabarhub

मालपोत कार्यालय जुम्लाद्वारा एक करोड ८१ लाख रुपैयाँ राजस्व सङ्कलन


२२ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

जुम्ला- जुम्ला मालपोत कार्यालयले गत आर्थिक वर्ष २०७९/८० मा एक करोड ८१ लाख ५० हजार आठ सय ७८ रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले रजिस्ट्रेशन दस्तुरतर्फ रु ९२ लाख ९३ हजार आठ सय ५५, जग्गा रोक्कातर्फ रु १८ लाख ७६ हजार ९८५, पुँजीकर लाभकरतर्फ रु ६४ लाख छ हजार पाँच सय ९८ र विविध शीर्षक अन्तर्गत रु पाँच लाख ७३ हजार चार सय ४० राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख नरेन्द्रबहादुर रोकायाले जानकारी दिए ।

राजीनामा, अंशबण्डा, बकसपत्र, रोक्कालगायतका शीर्षकबाट यहाँका सात गाउँपालिका र एक नगरपालिकाबाट नौ सय ६५ रजिस्ट्रेशन लिखत पारित भएको उनको भनाइ छ ।

आव २०७८/७९ र २०७९/८० मा लक्षित वर्गका लागि रु २२ लाख ६१ हजार २८१ राजस्व छुट गरिएको छ । नगरपालिकाका लागि २५ प्रतिशत र गाउँपालिकाका लक्षित वर्गलाई ५० प्रतिशत राजस्व छुटको व्यवस्था गरिएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  ३ : ३० बजे

जेसिके फाइट नाइट : चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित

काठमाडौं – नेपाली मिश्रित मार्सल आट्र्स (एमएमए) खेलाडी युकी आङदेम्बेले

सुनसरीको देवानगञ्जमा फेरि गोली चल्यो, दुई जना पक्राउ

विराटनगर – सुनसरीको देवानगन्ज गाउँपालिका–१ मा गोली प्रहारबाट एक युवक

साउदी राजधानी रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अवरूद्ध

रियाद- साउदी अरबको राजधानी रियादको अन्तर्राष्ट्रिय विमानस्थल नजिक शनिबार कालो

सुनसरीको देवानगञ्जमा गोली चल्दा घाइते भएका यादवको विराटनगरमा उपचार जारी

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिकामा गोली चल्दा एक जना घाइते भएका