संसदमा गतिरोध अन्त्यका लागि शीर्ष नेताको बैठक पुनः बस्दै | Khabarhub Khabarhub

संसदमा गतिरोध अन्त्यका लागि शीर्ष नेताको बैठक पुनः बस्दै


२२ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संसदको गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेसहित शीर्षनेताहरुको बैठक पुनः सुरु भएको छ । सोमबार दिउँसो बसेको बैठकमा सहमति नजुटेपछि पुनः बसेको हो ।

नयाँ बानेश्वरमा रहेको संसद भवनस्थित सभामुखको कार्यकक्षमा बसेको बैठकमा सभामुख घिमिरेसहित प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित नेताहरु सहभागी छन् ।

यसअघि सिंहदरबारमा बसेको बैठक निष्कर्षविहीन टुंगिएपछि सहमति जुटाउन भन्दै पुनः बसेको हो । सोमबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सहमति जुटाउने भन्दै अपरान्ह ४ बजेका लागि सारिएको थियो ।

एमालेले एक क्विन्टल सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठको माग राख्दै सदन अवरुद्ध गर्दै आएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  ४ : ४० बजे

हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

मोहम्मद अफताब आलमको उपचारका क्रममा मृत्यु

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको मृत्युु भएको छ कात्तिक

आज २०८२ साल कात्तिक २२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २२ गते शनिबार। मंसिर

हङकङ सिक्सेस: नेपाल दक्षिण अफ्रिकासँग भिड्दै

काठमाडौं – हङकङ इन्टरनेसनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा