पार्किङ शुल्क लिने विषयमा हस्तक्षेप नगर्न उच्चको अल्पकालीन आदेश « Khabarhub

पार्किङ शुल्क लिने विषयमा हस्तक्षेप नगर्न उच्चको अल्पकालीन आदेश


२२ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पाटन उच्च अदालतले काठमाडौँका व्यापारिक कम्प्लेक्सभित्र रहने पार्किङ स्थलहरुमा शुल्क लिने सम्बन्धमा कुनै हस्तक्षेप नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश राजेन्द्र खरेलको एकल इजलासले आज काठमाडौँ महानगरपालिका नाममा शुल्क लिने विषयमा हस्तक्षेप नगर्न आदेश गरेको हो । अदालतले शुल्क लिन हस्तक्षेप गर्नुपर्ने विषयमा महानगरपालिकासँग लिखित जवाफसमेत माग गरेको छ भने दुवै पक्षको छलफलका लागि यही साउन ३० गते बोलाएको छ ।

काठमाडौँ महानगरपालिकाले व्यापारिक कम्प्लेक्सहरुले ग्राहकसँग पार्किङ शुल्क उठाउन नपाउने कानुनी व्यवस्था गरेको थियो । उक्त निर्णयविरुद्ध कम्प्लेक्स डेभलपर लिजर एसोसिएनका तर्फबाट मोहन बास्तोलाले उक्त अदातलमा रिट निवेदन दायर गरेका थिए । उक्त निवेदनमाथिको प्रारम्भिक सुनुवाइपछि अदालतले आदेश गरेको हो । अदालतको अर्को आदेश नआएसम्म व्यापारिक कम्प्लेक्सहरुले ग्राहकसँग पार्किङ शुल्क उठाउन पाउने छन् ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  ९ : २९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै