मकवानपुर पहिरो अपडेट : एक जनाको मृत्यु, ६ जना बेपत्ता | Khabarhub Khabarhub

मकवानपुर पहिरो अपडेट : एक जनाको मृत्यु, ६ जना बेपत्ता


२३ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– मकवानपुरको बागमती गाउँपालिका–५ सिग्रे मा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ । घटनामा तीन बालबालिकासहित ६ जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बागमती–५ सिग्रे देभानका अक्कलबहादुर स्याङतानको घर पहिराले पुरिएको हो । पहिरोमा परी अक्कलबहादुरकी श्रीमती ५५ वर्षीया सन्तमाया स्याङतानको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, अक्कल बहादुर, उनकी छोरी शिला स्याङतान, ज्वाइँ जीवन पहरी, नाति चार वर्षीय मिलन पहरी, डेढ वर्षीया नातिनी दिव्या पहरी र पाहुना सिन्धुली हरिहरपुरका १६ वर्षीय पासाङ पहिरोमा पुरिएर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा प्रहरी पुगेर उद्धार गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  ९ : ५२ बजे

माओवादीसहित नौ दलको एकीकरण सभामा नेता-कार्यकर्ता (तस्बिरहरू)

काठमाडौं– नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दलहरूको एकीकरण

फरमुल्ला मन्सुरको प्रस्ताव : गगन थापालाई कांग्रेस सभापति र भावी प्रधानमन्त्रीमा अघि सारौँ

काठमाडौं- नेपाली कांग्रेसका सह–महामन्त्री फरमुल्ला मन्सुरले पार्टीका महामन्त्री गगनकुमार थापालाई

जेन-जीले उठाएको आवाजलाई आत्मसात गर्न हामी तयार छौं : वर्षमान पुन

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता वर्षमान पुनले

रविलाई बयानका लागि कारागारबाट सिंहदरबार ल्याइयो (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई नख्खु कारागारबाट निकालेर

प्रचण्डले लोकेन्द्रलाई भनेका थिए- बाबुरामले छाड्नु भयो, अब तपाईं फर्किनुस्

काठमाडौं- लोकेन्द्र विष्ट मगरले नेकपा माओवादी केन्द्र छाडेको नै १२