संसद तीन दलको बन्धक बनेको भन्दै सांसद लिङ्देनको आपत्ति « Khabarhub

संसद तीन दलको बन्धक बनेको भन्दै सांसद लिङ्देनको आपत्ति


२३ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले संसदलाई तीन दलले बन्धक बनाएको भन्दै आपत्ति जनाएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा उनले कांग्रेस, एमाले र माओवादी केन्द्रले संसद र देशलाई नै बन्धक बनाएको भन्दै आपत्ति जनाएका हुन् ।

समावेशी संविधान बनाएको र सोहीअनुसार संसद पनि गठन भएको भन्दै उनले तर, तीन दलले निषेधको राजनीति गरेको आरोप लगाए ।

सहकारीपीडित संघर्षमा उत्रिएको जानकारी गराउँदै उनले उनीहरुलाई न्याय दिन सरकारले नसकेको बताए । देश र जनता विभिन्न समस्याबाट पीडित भइरहँदा प्रमुख तीन दलबीच भागबन्डामा भने सहमति हुने गरेको उनको भनाइ छ ।

प्रतिपक्षी दल मात्र होइन सरकार पनि संसद नचलोस् भन्नेमा रहेको अध्यक्ष लिङ्देनले बताए ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  ५ : ०७ बजे

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित

मनास्लु आरोहण सुरु

गोरखा – शरद ऋतुका लागि मनास्लु हिमालको आरोहण सुरु भएको