चोरीको स्कुटर अनलाइनमार्फत बिक्री गर्न खोज्ने एक जना पक्राउ « Khabarhub

चोरीको स्कुटर अनलाइनमार्फत बिक्री गर्न खोज्ने एक जना पक्राउ


२३ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्कुटर चोरी गरी अनलाइनमार्फत बिक्री गर्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालबाट आशिष केसीको बा. ८६ प. ३०२२ नम्बरको सेतो रङको डियो स्कुटर चोरी गरी फेसबुकको मार्केटप्लेसमार्फन् बिक्री गर्न खोजेको आरोपमा प्रहरीले सफल भन्ने ३० वर्षका आजाद रायमाझीलाई पक्राउ गरेको हो ।

उनले स्कुटर नम्बर, रङ र सवारी साधन दर्ता किताबसमेत बदली गरी सवारी साधन दर्ता रहेको ब्लुबुकसहित फेसबुकमा पोष्ट गरी बिक्रिमा रहेको बताएका थिए ।

उनले ८३ हजार रुपैयाँमा उक्त स्कुटर सनिषा योञ्जन तामाङलाई बिक्री गर्न खोजेको र नामसारी गराउन यातायात कार्यालयमा बोलाउदा ब्लुबुकमा केरमेट गरी स्कुटरको नम्बर प्लेट बदलेको थाहा पाएपछि घटना सार्वजनिक भएको थियो ।

घटना सार्वजनिक भएपछि फोन अफ गरी फरार रहेका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले काठमाडौँको तेन्जिङ चोकबाट पक्राउ गरेको हो । उनलाई चोरी, ठगी र लिखतसम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी परिसर काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  ८ : ०१ बजे

एमाले बैठकमा झपट रावलले भने : हामी नसुध्रिए योभन्दा दुर्दिन टाढा छैन

काठमाडौं- नेकपा एमालेको ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य

२०औँ एसियाली खेलकुद : महिला कबड्डीमा नेपाल विजयी

काठमाडौं– जापानको इची–नागोयामा भइरहेको २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डीमा

राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री शाह अमेरिका प्रस्थान

काठमाडौं  – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन

रासायनिक मल आपूर्तिका लागि अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

काठमाडौं  – आगामी याममा किसानलाई आवश्यक पर्ने रासायनिक मल सहज रूपमा