मालपोत कार्यालय तनहुँबाट तीस करोड ८४ लाख राजस्व संकलन « Khabarhub

मालपोत कार्यालय तनहुँबाट तीस करोड ८४ लाख राजस्व संकलन


२४ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

तनहुँ– जिल्ला मालपोत कार्यालयले आर्थिक वर्ष २०७९-८० मा तीस करोड ८४ लाख तीन हजार ५४ राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७८-७९ को तुलनामा गत आवमा रु १३ करोड ८३ लाख ७४ हजार छ सय १० कम राजस्व संकलन भएको सो कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७८-७९ मा रु ४४ करोड ६८ लाख चार हजार छ सय ६४ राजस्व संकलन भएको कार्यालयका सुब्बा एवं सूचना अधिकारी टीकाराम शर्मा घोरासाइनेले जानकारी दिए।  

आर्थिक वर्ष २०७९-८० मा रजिष्ट्रेशन दस्तुरबाट रु पन्ध्र करोड ८० लाख पाँच हजार चार सय सत्र, पुँजीगत लाभकर एघार करोड उनान्नचालिस लाख सन्ताउन्न हजार पन्ध्र, रोक्का दस्तुर धितोसमेत गरी तीन करोड अठार लाख सत्तरी हजार राजस्व संकलन भएको थियो । 

त्यसैगरी नामसारी संशोधनबाट रु बैसठ्ठी लाख अठ्सठ्ठी हजार आठ सय सत्र, अन्य सेवाशुल्क र प्रशासनिक दस्तुर रु एघार हजार आठ सय पाँच राजस्व संकलन  भएको थियो । उनका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा कित्ताकाट रोकिएका कारण कारोबार घटेको थियो । 

संकलित राजस्वमध्ये पुँजीगत लाभकर राजस्वबापत संकलन भएको एघार करोड ३९ लाख ५७ हजार १५ संघीय सरकारको खातामा पठाइने कार्यालय प्रमुख चिरञ्जीवी पौडेलले जानकारी दिए। बाँकी रहेको राजस्व रकममध्ये ६० प्रतिशत स्थानीय पालिका र ४० प्रतिशत गण्डकी प्रदेश सरकारको खातामा पठाइने उनको भनाइ थियो ।   

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार  १ : ०५ बजे

सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणले गति लिन्छ : मन्त्री लम्साल

अर्घाखाँची– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आगामी दिनमा सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक आयोजनाको

पहिरोले तातोपानी नाका अवरुद्ध हुँदा आयात–निर्यात ठप्प

काठमाडौं– नेपाल–चीन व्यापारको प्रमुख प्रवेशद्वार तातोपानी नाका तीन साताभन्दा लामो

भोजपुरमा वडाध्यक्षसहित १२३ जना श्रम संस्कृतिमा प्रवेश

भोजपुर– साल्पासिलिछो गाउँपालिका-६ का निर्वाचित बहालवाला वडाध्यक्ष विक्रम वनसहित १२३

कांग्रेसको १५औँ महाधिवेशन तोकिएकै समयमा हुन्छ : महामन्त्री पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशन तोकिएकै

कालिकोटमा चिकित्सक र नर्समाथि आक्रमण गर्ने तीन जना पक्राउ

कर्णाली– पलाँता गाउँपालिका–थिर्पु कालिकोट पलाँता अस्पतालमा कार्यरत चिकित्सक र नर्समाथि