पृथ्वीराजमार्गको कन्टारमा सडक भासिँदा राजमार्ग अवरुद्ध « Khabarhub

पृथ्वीराजमार्गको कन्टारमा सडक भासिँदा राजमार्ग अवरुद्ध


२४ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

दमौली– पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–५ कन्टारमा सडक भासिएको छ । दुई दिनदेखि परेको अविरल वर्षाका कारण आज दिउँसो १२ः३० बजे कन्टारमा सडक भासिएको हो । 

मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत काम भइरहेकाले सडक भासिएर राजमार्ग दुईतर्फी अवरुद्ध भएको वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले बताएका छन् । उनले भने, ‘सडक भासिएर राजमार्ग दुईतर्फी अवरुद्ध भएको छ, सडक मर्मतका लागि समय लाग्ने देखिएको छ ।’

प्रहरीले दमौलीबाट पोखरातर्फ जानेका लागि दमौली बजारको भोर्लेटारचोकदेखि दुई पिप्ले हुँदै पोल्याङतर्फ सवारी साधन पठाउन थालेको छ । उक्त मार्गको कलेस्ती, दुईपिप्ले, कास्कीको पोल्याङ हुँदै पोखरा जान सकिन्छ । 

यसैगरी पृथ्वी राजमार्ग अन्तर्गत व्यास–१२ देउरालीमा मंगलबार बिहान ११ बजे भासिएको सडक आजसम्म पनि एकतर्फी सञ्चालन भइरहेको छ । 

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार  २ : ४७ बजे

कार्यकर्तासँग ओलीले भने- ७० प्रतिशत भोट ल्याएर चुनाव जित्छौँ 

दमक– नेकपा एमालेका अध्यक्ष केपी शर्माले ७० प्रतिशत मत ल्याएर निर्वाचनमा

इरान-अमेरिका तनाव चर्कियो

एजेन्सी – इरानमा विरोध प्रदर्शनमाथि भएको कडा दमनको पृष्ठभूमिमा इरानका

विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन

काठमाडौं– पत्रकार विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन भएको छ

सिबिफिनको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ नियुक्त

काठमाडौं– बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन)को अध्यक्षमा हिमालयन

सुनसरीका चारैजना उम्मेदवारसँग छलफलमा बालेन  

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले सुनसरीका