स्कुल विभागले नेकपामा समस्या, पूर्व एमाले र माओवादीको दाबी « Khabarhub

स्कुल विभागले नेकपामा समस्या, पूर्व एमाले र माओवादीको दाबी


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्नुअघि पूर्व पूर्व माओवादी नेताहरुको बैठक बसेको छ ।

दिउँसोका लागि तय भएको सचिवालय बैठकमा जानुअघि पूर्व माओवादीले आफ्नो भागमा परेका विभागको नेतृत्वका बारेमा छलफल गरेको थियो ।

नेकपाको आजको बैठकमा जिल्लाका इन्चार्ज, सहइन्चार्ज, विभिन्न आयोग र मञ्चको पनि टुंगो लगाउने तयारी गरिएपछि पूर्व माओवादीले यसबारेमा छलफल गरेको हो ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा बसेको पूर्व माओवादी नेताहरुको बैठकले आफ्नाो भागमा परेको विभागको नेतृत्व टुंगो लगाएको छ ।

स्कुल विभागले समस्या

विभाग मध्येको एक स्कुल विभागमा पूर्व एमाले र पूर्व माओवादी दुबैले दाबी गरेपछि समस्या देखिएको छ । स्कुल विभाग पूर्व एमालेले नेता ईश्वर पोखरेललाई दिने तयारी गरेपनि पूर्व माओवादी खेमाले पनि उक्त विभाग नछोड्ने स‌ंकेत गरेको छ ।

नेता नारायणकाजीले विहानको बैठकमा आफूले स्कुल विभाग नछोड्ने बताएसँगै समस्या देखिएको पूर्व माओवादीका एक नेताले बताए ।

“प्रवक्ता नारायणकाजी श्रेष्ठलाई प्रचार विभाग प्रमुखको जिम्मेवारी दिने विषयमा कुराकानी भएको थियो’ ति नेताले भने,’तर उहाँले स्कुल विभाग नछोड्ने कुरा गर्नुभयो ।’

बैठकमा अन्य नेताले पनि जनताको जनवादको विरोधमा रहँदै जनताको बहुदलीय जनवादलाई पार्टीको कार्यदिशा बनाउनुपर्छ भन्दै वकालत गरिरहेका ईश्वर पोखरेललाई स्कुल विभागको जिम्मेवारी दिन नहुने धारणा राखेका थिए ।

नेकपाका ३२ विभागमध्ये १८ वटामा पूर्वएमाले र १४ मा पूर्वमाओवादीले नेतृत्व गर्दैछन् ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  १ : ४९ बजे

बागमती प्रदेशसभा : दुई विधेयक बहुमतले पारित

मकवानपुर–  बागमती प्रदेशसभाको आजको बैठकले प्रदेश विनियोजन विधेयक २०८३ र

सरकारका १०० दिन : विद्युत् खपत बढाउने र निर्यातलाई व्यवस्थित गर्ने मार्गचित्र तयार

काठमाडौं- सरकारले आर्थिक समृद्धिको प्रमुख आधार स्तम्भका रूपमा ऊर्जा क्षेत्रलाई

सरकारका सय दिन : जेनजी आन्दोलनका घाइते र सहिद परिवारलाई एकीकृत राहत प्याकेज

काठमाडौं- सरकारले जेन-जी आन्दोलनका घाइते तथा सहिद परिवारको राहत, औषधोपचार,

संविधान संशोधन बहस कार्यदलले असार मसान्तभित्र प्रतिवेदन बुझाउने

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार एवं संविधान संशोधन

बालेन सरकारका सय दिन पूरा, के के भए उपलब्धि ? (पूर्णपाठ)

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले आफ्नो कार्यकालको पहिलो