विकासका काममा केन्द्रित सिञ्जा गाउँपालिका « Khabarhub

विकासका काममा केन्द्रित सिञ्जा गाउँपालिका


२४ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लाको सिञ्जा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धिताल गाउँवासीको  परिवर्तनका लागि बाहक बनेका छन्। अध्यक्षमा निर्वाचित भएर कार्यभार सम्हालेदेखि उनले विकास निर्माणका साथै यहाँका नागरिकको मागअनुसार सेवा प्रवाहलाई निरन्तरता दिँदै आएका छन् ।

अध्यक्ष धितालले  आव २०८०-८१ को बजेट वडामा समानुपातिक तरिकाले विनियोजन गर्दै विकास निर्माणका योजनामा प्रत्यक्ष निगरानी  गर्दै आएका छन् । पालिकाले सञ्चालन गर्ने विकासे आयोजनामा आम नागरिकको चासो र जिज्ञासा सम्बोधन होस् भनेर यो आर्थिक वर्षको बजेट वडाबाटै समयमै कार्यान्वयन हुने गरी काम भइरहेको उनले बताए ।

विद्यालयमा शिक्षक दरबन्दीअनुसार पदपूर्ति नहुँदा शिक्षण सिकाइमा निकै सकस हुने गरेको जनगुनासो आएपछि पालिकाभित्रका सामुदायिक विद्यालयका लागि खुल्ला प्रतिस्पर्धाबाट स्वयंसेवक शिक्षक छनोट गरिएको छ ।  प्राविधिक शिक्षा व्यावसायिक तालिम परिषद्सँगको समन्वयमा बहुप्राविधिक शिक्षालय स्थापना गर्न स्वीकृति प्रदान भई काम अगाडि बढेको छ । पालिकाको आफ्नै प्रशासकीय भवन हुँदाहुँदै भाडाको घरमा बस्दै आएकामा अध्यक्ष धितालले आफ्नै भवनमा कार्यालय राख्न कर्मचारीलाई निर्देशन दिएपछि अहिले सोही भवनबाट  सेवा प्रवाह हुँदै आएको छ । 

पालिकाको तला थप गर्न रु चार करोड पाँच लाखको लागतमा ठेक्का सम्झौता भई काम सञ्चालन भइसकेको छ । सिञ्जाली जनतालाई कर तिर्नदेखि अन्य सेवा लिन सहज होस् भनेर गाउँपालिकाको प्रशासकीय कार्यालयभित्र राष्ट्रिय वाणिज्य बैंकको काउण्टर स्थापना गरी सञ्चालनमा ल्याइएको छ ।

 विकास निर्माणका काम तीव्र गतिमा अघि बढेका र  गतवर्ष सातवटा ग्रामीण सडकका लागि बोलपत्र आह्वान गरिएकामा अहिले ती सडक सञ्चालनमा आएका छन् । पालिकाको आन्तरिक आर्थिक स्रोतलाई बलियो बनाउन सार्वजनिक खरिद ऐनभित्र रही बालुवा गिट्टी र ढुङ्गा उत्खनन, बिक्री तथा व्यवस्थापनासम्बन्धी मापदण्डलाई लागू गरिएको र  खुला प्रतिस्पार्धामार्फत ठेक्का आह्वनबाट आर्थिक वर्ष २०७९-८० मा २९ लाख तीन हजार राजस्व संकलन गरिएको थियो ।अर्थ मन्त्रालयसँगको समन्वय र कडा मेहनतपछि सिञ्जाको आचार्य लिहि, धिताललिहि, नराकोट जाँच हुँदै कनकासुन्दरी मन्दिरसम्म पुग्ने बाटोका लागि रु १२ करोड बजेट प्राप्त भएकामा अहिले  ठेक्कामार्फत काम भइरहेको अध्यक्ष धितालले जानकारी दिए।

स्वास्थ्य सेवा सहजरूपमा प्रवाह गर्न नराकोट स्वास्थ्य चौकीमा सुविधा सम्पन्न भिडियो एक्सरेसहितको ल्याबसेवा सञ्चालन गरिएको छ । वडा नं २ मा प्रसूतिगृह र वडा नं ६ मा आधारभूत स्वास्थ्यचौकी स्थापना भई दक्ष स्वास्थ्यकर्मीबाट सेवा प्रवाह भइसकेको छ । पालिकाको हरेक वडामै गएर ज्येष्ठ नागरिकको घरदैलो निःशुल्क उपचार गर्ने व्यवस्थासमेत गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ललित रोकायाले बताए ।

ग्रामीण सडकलाई बाढीपहिरोबाट मुक्त गर्न र सडकलाई थप स्तरवृद्धि गर्न पालिकाको आफ्नै डोजर र रोलरले काम गर्न थालेको छ । मालपोत र नापी कार्यालय सिञ्जाको नगरकोटमै स्थापना गर्न संघीय सरकारको मन्त्रालयमा प्रस्ताव गरिएको छ  । पालिकाबाट सञ्चालित ९६ वटा योजनामध्ये सबै सम्पन्न भइसकेका छन् ।उक्त पालिकाले ९९ प्रतिशत योजनाको भौतिक प्रगति हासिल गर्न  सफल भएको सार्वजनिक सुनुवाइ कार्यक्रममार्फत स्थानीयवासीलाई जानकारी गराइएको प्रमुख प्रशासकीय अधिकृत मित्रलाल धितालले बताए । 

जनआकांक्षा र सिञ्जाको विकासका लागि काम गर्दागर्दै  पनि केही सीमित व्यक्तिले शिक्षकको काज सरुवाबारे अनावश्यक टिप्पणी गरेको अध्यक्ष धितालले गुनासो गरे। 

 आफ्ना मान्छेलाई गाउँपालिकाका विषयगत शाखाको नेतृत्व दिएको भन्ने आरोपमा ती सबै कर्मचारी लोकसेवा आयोगबाट खुल्ला प्रतिस्पर्धा गर्नाका साथै सरकारले कर्मचारी समायोजन गरेसँगै घर नजिकको स्थानीय तह रोजेर वा कर्मचारी समायोजन गरेर स्थानीय तहमा पठाएको स्वास्थ्य शाखाका प्रमुख ललित रोकायाले बताए। 

नागरिकका कामलाई जतिबेला भनेपनि पालिकाका सम्पूर्ण कर्मचारीले सेवा प्रवाह गरिरहेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मित्रलाल धितालको भनाइ थियो । ‘आफू लोकसेवा आयोगबाट एक नम्बरमा सिफारिसमा परेको र जुन स्थानीय तहमा गए पनि शिक्षा शाखाको प्रमुख भएर बस्ने हो तर अध्यक्षको नजिकैको मान्छे भएर मैले पनि जिम्मेवारी पाएको होइन मेरो योग्यता र क्षमताले गाउँपालिकाको शिक्षा शाखा प्रमुखको जिम्मेवारीमा बसेको हुँ, ‘  शिक्षा शाखा प्रमुख शङ्कर धितालले भने । 

विजय रावत-रासस

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार  ३ : ५७ बजे

सुनको मूल्यमा एकै दिन २० हजार ५०० रुपैयाँले वृद्धि

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा भारि वृद्धि भएको छ ।

चीनसँग पराजित नेपाली महिला टिम एसियन गेम्स छनोटबाटै बाहिरियो

काठमाडौँ – एसियाली गेम्स छनोटको तेस्रो स्थानमा रहँदै नेपाल एसियन

प्रसूति गृह र सामुदायिक भवन निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा प्रसूति गृह र सामुदायिक भवन

एसियन छनोट: नेपालले चीनलाई २२१ रनले हरायो

काठमाडौँ – एसियन गेम्स छनोटको पहिलो खेलमा नेपालले चीनलाई २२१

खोक्सिकमा खेलमैदान स्तरोन्नतिका काम सुरु

भोजपुर– भोजपुरको रामप्रसाद राई गाउँपालिका–८ खोक्सिकमा रहेको खेलमैदान स्तरोन्नतिको काम