‘सुन तस्करी प्रकरणमा दोषी ठहरिए पार्टीकै नेतामाथि पनि कारवाही हुन्छ’  « Khabarhub

‘सुन तस्करी प्रकरणमा दोषी ठहरिए पार्टीकै नेतामाथि पनि कारवाही हुन्छ’ 


२४ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले सुन तस्करी प्रकरणमा दोषी प्रमाणित भए पार्टीकै नेतामाथि पनि कारवाही हुने स्पष्ट पारेका छन् ।

पार्टी प्रचार प्रसार विभागको जिम्मेवारी पाएपछि बुधबार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै सापकोटाले सुन तस्करी प्रकरणलाई निष्कर्षमा पुराउनका लागि प्रधानमन्त्री प्रतिवद्ध रहेको भन्दै तथ्य र प्रमाणले पुष्टि भएको पार्टीकै नेतामाथि छानविन र कारवाही हुने स्पष्ट पारेका हुन् ।

निर्दोष नफस्ने र दोषी कोही पनि नउम्कने गरि ठिक ढंगले अनुसन्धान गर्नका लागि सरकारले सुन तस्करी प्रकरणको छानविनको जिम्मेवारी सिआइवीलाई दिइएको उनले बताए । सापकोटाले सुन प्रकरण, ललिता निवास प्रकरण लगायतको अनुसन्धानलाई जनताले पनि हेरिरहेकाले तलमाथि गर्न नमिल्ने धारणा राखे । 

केन्द्रीय समिति बैठकमा सबै सदस्यहरूले सुन तस्करी प्रकरणमा सरकारलाई सघाउने दृढता जनाएको उनको भनाइ छ । त्यस्तै प्रवक्ता सापकोटाले समाजवादी मोर्चाको गतिविधि केही सुस्त भएपनि मोर्चाको लक्ष्यका साथ अघि बढ्ने दावी गरे ।

उनले लगातार सदन अवरुद्ध हुँदा स्तर खस्किदै गएपनि यसलाई सहज रुपमा अघि बढाउनका लागि सत्तापक्ष प्रतिवद्ध रहेको धारणा राखे ।

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार  ६ : १७ बजे

‘हाइड्रो हब’ बन्दै अन्नपूर्ण : जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो

म्याग्दी– अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको उदीयमान ‘हाइड्रो हब’का

हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण

दमौली– परम्परागत कृषि प्रणालीको संरक्षण तथा किसानलाई खेतीपातीप्रति थप प्रोत्साहित

मेसीका बुबा जर्ज अस्वस्थ, अफवाहको पछि नलाग्न परिवारको आग्रह

काठमाडौँ – विश्वप्रसिद्ध फुटबलर लियोनेल मेसीका बुबा जर्ज मेसी स्वास्थ्य

अबदेखि म्यानपावरले विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नुपर्ने

काठमाडौं– वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको हक, हित, सुरक्षा

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

ललितपुर– करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको सबैभन्दा