बेनी-जोमसोम सडक चार दिनपछि सञ्चालनमा  « Khabarhub

बेनी-जोमसोम सडक चार दिनपछि सञ्चालनमा 


२४ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक चार दिनपछि सञ्चालन भएको छ । 

म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीको अधेरीखोलामा निरन्तर खसेको पहिराका कारण आइतबार बिहानदेखि अवरुद्ध भएको सडक आज दिउँसोदेखि सञ्चालन भएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ । 

आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले वर्षा रोकिएपछि पहिरो पन्छाएर ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा यातायात सञ्चालन गरिएको जानकारी दिए। आयोजनाको निर्माण कम्पनीका डोजर, कर्मचारी, मजदुर, नेपाली सेना र प्रहरीको टोली पहिरो पन्छाउने काममा परिचालन भएका थिए । 

सडक अवरुद्ध हुँदा मुस्ताङबाट आएका सवारीसाधन बैसरी र म्याग्दीबाट मुस्ताङतर्फ हिँडेका सवारीसाधन राहुपारे खण्डमा रोकिएका थिए । सडक खुलेपछि रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीका प्रमुख राजेन्द्र पौडेलले जानकारी दिए। 

मुस्ताङ जान र फर्किएका तीर्थयात्री, पर्यटक र स्थानीयवासी सडक अवरुद्ध हुँदा अलपत्र परेका थिए । बैसरीको अधेरीखोला खण्डमा सडकमाथिको पाखोबाट निरन्तर पहिरो खस्दा सवारीसाधन र यात्रुलाई चोटपटक लाग्ने र दुर्घटना हुने जोखिम छ । 

गत वर्षदेखि सुरु भएको पहिरो विस्तार हुनेक्रम जारी छ । भूमिगत पानीका कारण सडक माथिको पाखो बगरे पहिरो खसेको हो । जिल्ला प्रशासन कार्यालय म्याग्दीले बेनी–जोमसोम सडकको राहुघाटदेखि भुरुङ्ग तातोपानी खण्डमा रातको समयमा यात्रा नगर्न सूचनामार्फत अनुरोध गरेको छ । 

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार  ६ : २२ बजे

मन्त्रीहरू सुनिल, प्रतिमा र सुधन रास्वपा केन्द्रिय सदस्यमा मनोनित, अरु को को ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले तीन जना मन्त्रीहरुलाई केन्द्रिय सदस्यमा मनोनित

प्रमोदलाई संगठन विभागमा तानेर जगदीशलाई रविले बनाए प्रवक्ता

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पूर्व सञ्चारमन्त्री जगदीश

 नीतिगत तथा कानुनी रुपमा सम्बोधन हुनेगरी शिक्षा संवाद कार्यक्रम भइरहेको छ : मन्त्री पोखरेल

धनगढी– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नीतिगत तथा कानुनी रुपमा सम्बोधन

मुस्ताङ हिँडेका पोखरा आइपुगे प्रधानमन्त्री (तस्बिरहरू)

पोखरा– निजी भ्रमणका लागि मुस्ताङतर्फ निस्किएका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) पोखरा

शेखरसँग देउवाले भने : गगनले मेरो स्वास्थ्यबारे समेत सोधेनन्, एक्लै अघि बढिसके, कुरा गर्न तयार छैनन्

काठमाडौं- नेपाली कांग्रेस पूर्वसभापति शेरबहादुर देउवा र अर्का नेता डा.