ट्रम्पको घोषणा : सत्तामा आए इतिहासकै सबैभन्दा ठूलो निर्वासन अभियान सञ्चालन गर्ने « Khabarhub

ट्रम्पको घोषणा : सत्तामा आए इतिहासकै सबैभन्दा ठूलो निर्वासन अभियान सञ्चालन गर्ने


२५ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन– अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू सत्तामा आएमा अमेरिकी इतिहासकै सबैभन्दा ठूलो निर्वासन अभियान चलाउने अग्रिम घोषणा गरेका छन् ।

उनले भने, ‘अहिले अमेरिका भित्रैबाट आक्रमण भइरहेको छ, लाखौं अवैध आप्रवासीहरू अमेरिका प्रवेश गर्दै छन्, जसले स्थानीय जनताको अधिकार हनन गरिरहेका छन्।’

उनका अनुसार गत अक्टोबर २०२१ देखि सेप्टेम्बर २०२२ सम्म अमेरिका–मेक्सिको सीमामा २२ लाख अवैध आप्रवासी पक्राउ परेका छन् । उनका अनुसार यो राष्ट्रपति जो बाइडेनको असफल नीतिहरूको परिणाम हो।

ट्रम्पले भने, ‘हामी सीमामा नै डिपोर्टेशन अफिसरहरू तैनाथ गर्नेछौँ। प्रत्येक गैरकानुनी आप्रवासीलाई फेला पारेर आफ्नो देशमा फिर्ता पठाइनेछ।’ 

अवैध आप्रवासन ट्रम्पको अभियानको पुरानो मुद्दा हो। ट्रम्पले २०१६ को चुनावमा पनि यो मुद्दा उठाएका थिए ।

आपराधिक आरोपको सामना गर्ने ट्रम्प पहिलो अमेरिकी राष्ट्रपति हुन्। उनी अहिले तीनवटा मुद्दामा फौजदारी अभियोगमा परेका छन् । पहिलो पोर्न स्टार स्टर्मी डेनियनसँगको आफ्नो सम्बन्ध लुकाउनका लागि भुक्तान गर्ने बारे हो। 

एउटा गणना राष्ट्रिय सुरक्षासँग सम्बन्धित गोप्य कागजातहरू राख्ने र झूट बोलेर न्यायमा बाधा पुर्‍याउने रहेको छ । यसबाहेक तेस्रो मुद्दा सन् २०२० राष्ट्रपति चुनावको नतिजा उल्ट्याएको आरोपसँग सम्बन्धित छ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहीबार  ७ : २० बजे

नयाँ सांसदलाई अभिमुखीकरण दिँदै रास्वपा

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदका लागि

केराखेती प्रवर्द्धन गर्न कृष्णपुरका किसानलाई अनुदानमा बिरुवा

कञ्चनपुर– व्यावसायिक रूपमा केराखेती गर्ने किसानलाई प्रोत्साहन गर्न कृष्णपुर नगरपालिकाले

चलचित्र ‘पहाड’ मा नेपाली समाजको कथा

काठमाडौँ– निर्देशक तुलसी घिमिरेले युवा जनशक्ति विदेश पलायन हुँदा खाली

युद्धका कारण : कतारमा हुने स्पेन र अर्जेन्टिनाबीचको भिडन्त रोकियो

काठमाडौँ – युरोपियन च्याम्पियन स्पेन र कोपा अमेरिका विजेता अर्जेन्टिनाबीच

अर्घाखाँचीमा वन डढेलो नियन्त्रण गर्न टोली गठन

अर्घाखाँची– डिभिजन वन कार्यालयले अर्घाखाँचीस्थित वन डढेलो नियन्त्रण तथा डढेलोबाट