अक्षय, सञ्जय र अरशदको ‘वेलकम ३’ लाई अहमद खानले निर्देशन गर्दै « Khabarhub

अक्षय, सञ्जय र अरशदको ‘वेलकम ३’ लाई अहमद खानले निर्देशन गर्दै


२५ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सन् २००७ मा रिलिल भएको फिल्म ‘वेलकम’का मजनु भाइ र उदय शेट्टी त तपाईंलाई याद नै होला ।

अनिल कपुर र नाना पाटेकरले यी पात्रमा ज्यान भरेका थिए । फिल्मलाई दर्शकले उत्साहपूर्वक रुचाएपछि निर्माताले सन् २०१५ मा यसको दोस्रो सिक्वेल ‘वेलकम ब्याक’ ल्याए । अब यसको तेस्रो शृंखलाबारे चर्चा सुरु भएको छ ।

‘वेलकम’का दुवै शृंखला अनिश बज्मीले गरेका थिए भने तेस्रो शृंखलाको निर्देशकको जिम्मेवारी अहमद खानले लिने भएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार फिल्ममा अनिल कपुर र नाना पाटेकरको ठाउँमा सञ्जय दत्त र अरशद वारसी भित्रिएका छन् भने अक्षय कुमार पनि यो फिल्ममा शीर्ष भूमिकामा हुनेछन् । ‘वेलकम ब्याक’मा अक्षयको ठाउँमा जोन अब्राहम थिए ।

समाचारअनुसार फिल्मका निर्माता फिरोज नाडियावाला र अहमद खानबीच निकै राम्रो बन्डिङ हुने गरेको छ । 

(स्रोत- एनआई)

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहीबार  २ : २७ बजे

उपत्यकामा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

काठमाडौं- पशुसेवा विभागले काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा बर्डफ्लु सङ्क्रमण

सुकुम्वासीहरूलाई व्यवस्थापन गर्न ढिलाइ गरिएको भन्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं– सुकुम्वासीहरूलाई व्यवस्थापन गर्न ढिलाइ गरिएको भन्दै काठमाडौंमा प्रदर्शन भएको

इरानमा कडा अनुगमन आवश्यक : आईएईए

तेहरान- मध्यपूर्व युद्धपछि इरानको आणविक कार्यक्रममाथि कडा अन्तर्राष्ट्रिय निगरानी आवश्यक

हिजबुल्लाहको दाबी : शान्ति सम्झौता अमेरिका र इजरायलको हार

बेरुत- हिजबुल्लाहका प्रमुख नईम कासिमले इरान दृढतापूर्वक अडिग रहेर अन्ततः

भारतमा मन्दिरबाट चोरी र प्रसादको दुरुपयोग गरेको आरोपमा आठजना पक्राउ

लखनऊ– भारतीय प्रहरीले उत्तर प्रदेश राज्यको राम मन्दिरमा  चोरी र