कृषिमा रमाउँदै लाहुरे गुरुङ « Khabarhub

कृषिमा रमाउँदै लाहुरे गुरुङ


२५ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

गलकोट – उमेरले ५८ वर्ष पुगेका गलकोट दुदिलाभाटीका बमबहादुर गुरुङ व्यावसायिक कृषिमा रमाउन थालेको १५ वर्ष भयो । मकै फल्ने बारीमा माछापालन र सुन्ताला खेती गरेका उनले यतिबेला कृषिबाट राम्रो आम्दानी समेत गर्दै आएका छन् ।

जीवनको उर्जावान समय भारतीय सेना र इराकमा बिताएपछि उनी व्यावसायिक कृषि आबद्ध भएका हुन् । गलकोट–१ दुदिलाभाटीस्थित कटौदेका गुरुङले भारतीय सेनामा १६ वर्ष बिताएपछि २०६१ सालमा अवकास लिए। त्यसपछि वैदेशिक रोजगारीका लागि इराक पुगेका उनीले त्यहाँ तीन वर्ष त्यहाँ बिताए । त्यसपछि २०६४ सालमा गाउँ फर्किएका गुरुङले २०६५ सालदेखि मकै फल्ने बारीमा व्यावसायिक कृषि सुरु गरेका हुन् ।

“मकैबारीमा पोखरी बनाउँदा गाली गर्नेहरु धेरै थिए”, गुरुङले भने “तीन रोपनीमा माछापालन र तीन रोपनीमा गरिएको सुन्ताला खेती यतिबेला आम्दानीको भरपर्दो स्रोत बनेको छ ।” उनका अनुसार यतिबेला माछापालन र सुन्तला खेतीबाट वार्षिक औसत रु पाँच लाख बचत भइरहेको छ ।

“तत्कालीन समयमा सोखका हिसाबले माछापालनका लागि पोखरी खनेँ, सुन्तलाका विरुवा पनि रोपे”, उनले भने, “अहिले यो व्यावसायिक भयो, आफैँ पसिना बगाउँछु, जति लगानी गर्नुपर्ने हो त्यो बेलै गरेँ, अहिले आम्दानीको भरपर्दो स्रोत भएको छ । सबै रकम बचत भइरहेको छ ।”

गुरुङले माछापालनको सोच भने भारतीय सेना कार्यरत हुँदा नै बनाएको सुनाए । अहिले आम्दानीका लागि पेन्सन समेत भएकाले आफू र पाहुनाका लागि छुट्याएपछिको मात्रै माछा बिक्री गर्दै आएका छन् । जसबाट वार्षिक रु तीनदेखि चार लाखसम्म बचत हुने उनको भनाइ छ । घरै अगाडि सुन्तलाको बगैँचा र बीचमा माछापोखरी हुँदा घर छाडेर अन्तत्र बसाइसराइँ गर्न मन नलाग्ने उनले सुनाए ।

“पहिला सोखले सुन्तला र माछापालन थालेको थिएँ, पछि माछापालनको क्षेत्र बढाएर तीन रोपनी पुर्याएँ, अहिले घरमै माछा खोज्न ग्राहक आउँछन्”, गुरुङले भने, “सुन्तलाको यसवर्ष एकमुष्ट रु दुई लाख आम्दानी गरेँ, केही सुन्तला आफन्तलाई कोसेली पठाएँ, श्रीमतीले घर नजिकैको सरस्वती माध्यामिक विद्यालयमा अध्यापन गराउनुहुन्छ, फुर्सदको समयमा श्रीमतीले समेत सुन्तला बगैँचाको स्याहार गर्नुहुन्छ ।”

गुरुङले मगरात एकीकृत कृषि फार्म दर्ता गरी खेती गरिरहेका छन् । अहिले माछाको बजारभाउ प्रतिकेजी रु छ सयमा बिक्री गर्दै आएको गुरुङको भनाइ छ । उनले माछा नजिकको हटिया र बागलुङ बजारमा खपत हुँदै आएको बताउँदै सुन्तला भने एकमुष्ट बिक्री हुने बताए । सुन्तलाका बिरुवा बढाउने र पोखरीलाई थप व्यवस्थित गर्ने योजनामा गुरुङ छन् ।

दुदिलाभाटीको चिसो पानीमा हुर्केका ग्रासकाप र सिल्भर कापका माछाको स्वाद मीठो भएकाले यहाँको माछा ग्राहकको रोजाइमा परेको उनको भनाइ छ । मकैबारी मासेर पोखरी बनाउँदा गाली गर्नेहरूले अहिले आफ्नो व्यावसायिक सोचबाट प्रेरित भएको देखेर आफूलाई सुन्तुष्टि मिल्ने गुरुङको भनाइ छ ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहीबार  ९ : ४२ बजे

बुटवल–नारायणघाट खण्डअन्तर्गत दाउन्ने क्षेत्रको निरीक्षणमा पुगे भौतिकमन्त्री 

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री माधवप्रसाद चौलागाईँले स्तरोन्नतिको चरणमा रहेको बुटवल–नारायणघाट

बालेनको तीन वर्षे रिपोर्ट कार्ड : ६ महानगरबीच कहिल्यै अब्बल बनेन काठमाडौं

काठमाडौं– यतिबेला मुलुक फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनतिर होमिएको

मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गर्नु राम्रो हो : अर्थमन्त्री खनाल

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले मन्त्रीहरूले बुझाएको सम्पत्ति विवरण सार्वजनिक भए

काठमाडौं ४ का मतदाताको अनुभव : अहिले गगन थापाको लोकप्रियता मदन भण्डारीको जस्तै छ

काठमाडौं- २०६४ सालयताका निर्वाचनमा लगातार विजयी नेपाली कांग्रेसका सभापति गगनकुमार

लगानीकर्ता निरुत्साहित भए, आवश्यक परे ७ दिनभित्र अध्यादेश ल्याउछौँ : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गैर–आवासीय नेपाली (एनआरएन) र