श्रमिकको स्वास्थ्य सुरक्षा र कतारको नयाँ कानुनबारे अन्तरक्रिया  « Khabarhub

श्रमिकको स्वास्थ्य सुरक्षा र कतारको नयाँ कानुनबारे अन्तरक्रिया 


२६ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

दोहा– कतारमा कार्यरत श्रमिकको स्वास्थ्य सुरक्षा र कतारको नयाँ कानुन बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

राष्ट्रिय मानवअधिकार आयोग समिति कतारले आयोजना गरेको एक महत्त्वपूर्ण कार्यक्रममा आयोग कतारका महासचिव महामहिम सुल्तान अल जमालीको प्रमुख उपस्थितिमा र गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष रमेश भट्टको विशेष उपस्थितिमा निर्माण क्षेत्रमा आबद्ध ३० भन्दा बढी श्रमिकहरुको सहभागितामा श्रमिकको स्वास्थ्य सुरक्षा र कतारको नयाँ कानुन नम्बर १७-२०२१ र २०२३ बारे जानकारी दिने उद्देश्यले कार्यक्रम सप्पन्न भएको हो ।

कार्यक्रममा गर्मीयाममा श्रमिकहरूलाई खुल्ला स्थानमा कुनै पनि काम लगाउन नपाइने नियम, श्रमिकले पाउने सेवा, सुविधा, स्वास्थ्य, सुरक्षा बारेमा जानकारी गराइएको थियो । कतारको कानुन अनुसार जुन महिनाको आरम्भ देखि सेप्टेम्बरको अन्तिम सम्म खुला स्थानमा कुनै पनि काम लगाउन नपाइने नियम रहेको छ । कानुनतः यस्तो कार्यलाई निरुत्साहित र दण्डनीय मानिएको छ।

कानुन विभागकी उच्च अधिकारी हाला अल अली ले प्रस्तुत गरेको कानुनी प्रावधान र महासचिवको शुभकामना लाई राष्ट्रिय मानवअधिकार आयोग कतारमा नेपाली समुदायका परामर्शदाता एवं प्रतिनिधि प्रोफेसर मोहम्मद रमजान अली मियाँले नेपाली र हिन्दी भाषामा अनुवाद गरि सहजीकरण गरेका थिए ।

राष्ट्रिय मानवअधिकार समिति कतारले आगामी १४ अगस्टका दिन औद्योगिक क्षेत्रको एसियन्टाउनमा बृहत जनचेतनामूलक कार्यक्रमको आयोजना गर्ने र सो कार्यक्रममा नेपाल सहित विभिन्न देशका राजदूतहरूलाई समेत निमन्त्रणा गरिसकेको जानकारी प्रो मियाले दिएका थिए ।

आयोगको यस प्रकारको भूमिकाको प्रशंसा गर्दै र विगतमा प्रदान गरेका विभिन्न सेवा र अधिकार प्राप्तिमा गर्दै आएको सहयोगको उच्च शब्दमा प्रसंशा गर्दै आगामी दिनहरूमा पनि आयोग र गैर आवासीय नेपाली संघ कतार मिलेर अधिकार प्राप्तिमा सहकार्य गर्नुपर्नेमा अध्यक्ष भट्टको जोड रहेको थियो ।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  ८ : ३५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै