शौचालय गएर आउनू, स्कुटर हेरिदिन्छु भनेर स्कुटर चोर्ने र चोरीको स्कुटर किन्ने दुई जना पक्राउ « Khabarhub

शौचालय गएर आउनू, स्कुटर हेरिदिन्छु भनेर स्कुटर चोर्ने र चोरीको स्कुटर किन्ने दुई जना पक्राउ


२६ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


759
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्कुटर चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले लाल बहादुर तामाङको बा ५६ प ६३५४ नम्बरको होण्डा कम्पनीको कालो डिओ स्कुटर चोरी गर्ने र चोरिएको स्कुटर खरिद गर्नेलाई पक्राउ गरेको हो ।

ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालयअगाडि तामाङ शौचालय गएका बेला स्कुटर चोरी गरेको आरोपमा विजयकुमार थापालाई प्रहरीले पक्राउ गरेको हो ।

उनले तामाङलाई तपाई शौचालय गएर आउनु, स्कुटर हेरिदिन्छु भनी विश्वासमा लिएर उक्त स्कुटर, सोही स्कुटरको डिकीमा रहेको ब्लुबुक, नगद ३० हजार रुपैयाँ र नागरिकता चोरी गरेको प्रहरीले जनाएको छ ।

उनलाई बिहीबार काठमाडौँको गौशालाबाट प्रहरीले पक्राउ गरेको हो । त्यसैगरी, उक्त स्कुटर खरिद गरेको आरोपमा प्रहरीले सरोज शाहीलाई काठमाडौँको कोटेश्वरबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

उनीहरुलाई चोरीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर जावलाखेल ललितपुरमा पठाइएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  ७ : २१ बजे

मकवानपुरमा तरकारी बोकेको ट्रक दुर्घटना : एक जनाको मृत्यु, चालक घाइते

मकवानपुर – त्रिभुवन राजमार्गअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका-२ स्थित तिलटारमा तरकारी

सरकार र अभियान्ता ज्योति रानाभाटबीच १९ बुँदे सहमति, अनसन स्थगित

काठमाडौँ – विभिन्न माग राखेर आमरण अनसनमा बसेकी नर्स तथा

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले आज मन्त्रिपरिषद्को बैठक आह्वान गरेका

दुई घण्टापछि खुल्यो मुग्लिन-नारायणगढ सडक

चितवन – पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ-मुग्लिन सडक खण्ड दुई

आर्थमन्त्री र राष्ट्र बैंकका कार्यकारी निर्देशकबीच आज छलफल हुँदै

काठमाडौँ – अर्थतन्त्रका पछिल्ला समस्या पहिल्याउन र समाधानका उपाय पहिल्याउन