कपिलवस्तुमा खानेपानी समस्याको समाधान गर्ने मन्त्री यादवको प्रतिबद्धता « Khabarhub

कपिलवस्तुमा खानेपानी समस्याको समाधान गर्ने मन्त्री यादवको प्रतिबद्धता


२६ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

कृष्णनगर- खानेपानीमन्त्री महिन्द्रराय यादवले कपिलवस्तुमा भएको खानेपानी समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । बहादुरगञ्ज खानेपानी संस्थानको आज अनुगमन गर्दै मन्त्री यादवले खानेपानीको समस्या समाधान गर्ने काम केन्द्र सरकारको भएको स्पष्ट पारे ।

कपिलस्तुको कृष्णनगर बजारको खानेपानी पाइप लाइन विस्तारका लागि चालु आर्थिक वर्षका लागि चार करोड ५० लाख रुपैयाँ विनियोजित गरेको उनको भनाइ छ ।

आगामी दिनमा जिल्लाका विभिन्न क्षेत्रमा ओभर हेड ट्याङ्की निर्माणका लागि योजनाअघि बढाउने मन्त्री यादवले आश्वासन दिए । जिल्लाको कृष्णनगर खानेपानी संस्थानको अनुगमनका क्रममा केही वर्ष पहिले कपिलवस्तुमा हैजा फैलिएको भन्दै उनले नागरिकले स्वच्छ खानेपानी पाउनुपर्नेमा जोड दिए ।

अनुगमनका क्रममा कपिलवस्तु क्षेत्र नं ३ का पूर्वसांसद अभिषेक प्रताप शाह र कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहको समेत सहभागिता थियो । पूर्वसांसद अभिषेक प्रताप शाहले कपिलवस्तुका अधिकांश स्थानमा खानेपानी समस्या भएको बताए ।

कृष्णनगर नगरपालिकाका प्रमुख रजतप्रताप शाहले खानेपानी आपूर्तिको ओभरहेड ट्याङ्कीको पाइपलाइन परिवर्तनका लागि रकम छुट्याएको मन्त्री यादवलाई धन्यवाद दिए ।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  ७ : ४१ बजे

कालीगण्डकी बाढीले बागलुङ र पर्वत जोड्ने पुल क्षतिग्रस्त, आवतजावत ठप्प

बागलुङ– कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वत र बाग्लुङ जोड्ने मालढुंगा

आईएमएफद्वारा ऋण ढाँचामा सुधारको प्रस्ताव

एजेन्सी- अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०१८ पछि पहिलो पटक

नारायणीको जलसतह हालसम्मकै उच्च

नारायणगढ– नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको

पूर्वप्रधानन्यायाधीश जबराको अनुगमनमा प्रहरीले रोक लगाएपछि आयोगको ध्यानाकर्षण

काठमाडौं– सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ

महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित

महेन्द्रनगर– लगातार भइरहेको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि