कपिलवस्तुमा खानेपानी समस्याको समाधान गर्ने मन्त्री यादवको प्रतिबद्धता | Khabarhub Khabarhub

कपिलवस्तुमा खानेपानी समस्याको समाधान गर्ने मन्त्री यादवको प्रतिबद्धता


२६ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

कृष्णनगर- खानेपानीमन्त्री महिन्द्रराय यादवले कपिलवस्तुमा भएको खानेपानी समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । बहादुरगञ्ज खानेपानी संस्थानको आज अनुगमन गर्दै मन्त्री यादवले खानेपानीको समस्या समाधान गर्ने काम केन्द्र सरकारको भएको स्पष्ट पारे ।

कपिलस्तुको कृष्णनगर बजारको खानेपानी पाइप लाइन विस्तारका लागि चालु आर्थिक वर्षका लागि चार करोड ५० लाख रुपैयाँ विनियोजित गरेको उनको भनाइ छ ।

आगामी दिनमा जिल्लाका विभिन्न क्षेत्रमा ओभर हेड ट्याङ्की निर्माणका लागि योजनाअघि बढाउने मन्त्री यादवले आश्वासन दिए । जिल्लाको कृष्णनगर खानेपानी संस्थानको अनुगमनका क्रममा केही वर्ष पहिले कपिलवस्तुमा हैजा फैलिएको भन्दै उनले नागरिकले स्वच्छ खानेपानी पाउनुपर्नेमा जोड दिए ।

अनुगमनका क्रममा कपिलवस्तु क्षेत्र नं ३ का पूर्वसांसद अभिषेक प्रताप शाह र कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहको समेत सहभागिता थियो । पूर्वसांसद अभिषेक प्रताप शाहले कपिलवस्तुका अधिकांश स्थानमा खानेपानी समस्या भएको बताए ।

कृष्णनगर नगरपालिकाका प्रमुख रजतप्रताप शाहले खानेपानी आपूर्तिको ओभरहेड ट्याङ्कीको पाइपलाइन परिवर्तनका लागि रकम छुट्याएको मन्त्री यादवलाई धन्यवाद दिए ।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  ७ : ४१ बजे

सञ्चारमन्त्री खरेल स्वदेश फिर्ता

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल गणतन्त्र कोरियाको सिओलमा

बङ्गलादेशमा एक अल्पसङ्ख्यक इस्लामिक सम्प्रदायद्वारा प्रदर्शन

एजेन्सी– बङ्गलादेशको राजधानीमा शनिबार दशौँ हजार प्रदर्शनकारीहरू भेला भई चुनावअघि

मानवकल्याण नै सबैभन्दा ठूलो धर्म : प्रदेश प्रमुख भट्ट

गण्डकी– गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले मानवकल्याण नै सबैभन्दा ठूलो

धरानमा अर्थोडोन्टिकसम्बन्धी १६ औँ अन्तर्राष्ट्रिय सम्मेलन

धरान– धरानमा अर्थोडोन्टिकसम्बन्धी १६औँ अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।

आज देशका ७७ जिल्लामा एमालेका सभा सम्पन्न

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आज ७७ वटै जिल्लामा जनप्रदर्शनसहित