युवराज सफलको पहलमा कुवेतमा बेचिएकी महिलाको उद्धार | Khabarhub Khabarhub

युवराज सफलको पहलमा कुवेतमा बेचिएकी महिलाको उद्धार


२६ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कुवेतमा बेचिएकी एक नेपाली महिलाको उद्धार गरिएको छ ।  युवराज सफलको संयोजकत्वमा गठित नेपाल समाजवादी मोर्चाले सिन्धुपालञ्चोक बाँडेगाँउ स्थायी ठेगाना भएकी २६ वर्षीय महिलाको कुवेतको जाराबाट उद्धार गरी यही साउन २४ गते काठमाडौँ ल्याएको हो ।

पीडित महिलालाई नेपालमा रहेका भतिज राज श्रेष्ठ र दलाल उमेश चौहानले आकर्षक तलबको प्रलोभन देखाइ गत असार १७ मा गलत बाटो प्रयोग गरी कुवेत पुर्‍याएका थिए । पीडित महिलाले आफूलाई ‘ब्यूटिसियनसँग सम्बन्धित कम्पनीमा काम गर्ने भनी लगेको तर त्यहाँ पुगेपछि घरेलु कामदारका रुपमा काम गर्न बाध्य बनाइएको गुनासो गरिन् ।

“घरको आर्थिक अवस्था कमजोर रहेकाले वैदेशिक रोजगारीको खोजी गर्ने क्रममा आकर्षक तलब सुविधा देखेर आफन्तको सम्पर्कबाट कुवेत गएकी हुँ”, पीडित महिलाले भनिन्, “त्यहाँ पुगेको दुई दिनपछि विभिन्न डर धम्की देखाइ घरेलु कामदारका रुपमा काम गर्न बाध्य पारियो ।”

पीडित महिलाले केही समयपछि मोर्चाका संयोजक युवराज सफललाई आफूलाई उद्धार गर्न भन्दै अनुरोध गरेकी थिइन् । “पीडितसँग सम्पर्कमा आएपछि उद्धारको प्रक्रिया सुरु गरेका थियौँ, उहाँलाई कुवेत पठाउने व्यक्तिसँग सम्पर्क गरी प्रमाण जुटाइ प्रक्रिया गएपछि उहाँको उद्धार भएको हो”, सफलले भने ।

सफलले यस विषयमा मानव बेचबिखन नियन्त्रण ब्यूरोलगायत सम्बन्धित निकायमा निवेदन दिए पनि पीडित महिला गैरकानूनी रुपमा कुवेत गएका कारण सम्बन्धित निकायले उद्धारका लागि पहल नगरेको उनको भनाइ छ । उद्धार गरिएकी महिलालाई स्वदेशी पर्कनका लागि उनकी दिदीले टिकट काटिदिएको सफलको भनाइ छ ।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  ७ : ४४ बजे

प्रतिनिधि सभाबाट विनियोजन विधेयक २०८२ पारित

काठमाडौं– प्रतिनिधिसभाको बैठकबाट विनियोजन विधेयक २०८२ पारित भएको छ ।

उपेन्द्रको दाबी- कांग्रेस र एमाले छुट्टिन लागे, सरकारको समर्थन फिर्ता लिँदैछौँ

काठमाडौं- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले केपी शर्मा

प्रधानमन्त्रीले भने- अहिलेको व्यवस्थाप्रतिको अपमान सहन सकिँदैन

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको बलिदान र विद्यमान व्यवस्थाप्रतिको

‘टेक एण्ड पे’ बाट हटेपछि प्रधानमन्त्री र अर्थमन्त्रीले के भने ?

काठमाडौँ – आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमा नदी

डिजिटल नेपाल फ्रेमवर्क परिमार्जन गरी कार्यान्वयन गर्छौँ : सञ्चारमन्त्री

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले डिजिटल नेपाल फ्रेमवर्क